चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २७ जनामध्ये २५ जना चितवनका हुन् । बाँकी २ जनामध्ये एक जना नवलपरासीका ६० वर्षीय एक पुरूष, र डोटीका ४१ वर्षीय पुरूष छन् ।

भरतपुर अस्पतालले बुधबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका १२ पुरूष र ३ वर्षीया बालिकासहित ५ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै खैरहनीका २ पुरूष र २ महिला, राप्तीका १ पुरूष र रत्ननगरका २ पुरूष र १ महिलामा संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

यस्तै गण्डकी प्रदेशमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको नवलपुरमा ८ र लमजुङमा १ गरी ९ कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेमा लमजुङ सुन्दरबजार १० की २१ वर्षीया महिला तथा नवलपुर गैँडाकोट २, ४ र ५ का क्रमश ४९ र ५० वर्षीया महिला तथा २९ वर्षीय पुरुष, हुप्सेकोट ४ का ३२ वर्षीय पुरुष, कावासोती १ र ८ का २५ र २३ वर्षीय पुरुष तथा देवचुली २ र १४ का ३४ र २५ वर्षीया महिला रहेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ७ : १८ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा