सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा वार्ता शुरु « Khabarhub

सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा वार्ता शुरु


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीको माग सम्बोधनको विषयमा शिक्षा मन्त्रालयको टोली र डा केसीको तर्फबाट गठन भएको टोलीबीच वार्ता शुरु भएको छ ।

शिक्षा मन्त्रालयमा दुवै टोलीबीच डाक्टर केसीको मागको विषयमा छलफल शुरु भएको डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

वार्ता टोलीमा शिक्षा मन्त्रालयको तर्फबाट शिक्षासचिव गोपीनाथ मैनाली, गुणराज लोहनी, स्वास्थ्य मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोग निर्देशक दिलिप शर्मा छन् भने डक्टर केसीको तर्फबाट डाक्टर जीवन क्षेत्री, डा. अञ्जनी कुमार झा, डा लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल छन् ।

विभिन्न जिल्लामा मेडिकल कलेज सञ्चालन हुनुपर्नेलगायत माग राख्दै भदौ २९ गतेदेखि डा केसी अनसनमा छन् । अनसनको २५ औँ दिन भइसकेको छ । डाक्टर केसीको स्वास्थ्य अवस्था पनि जटिल बन्दै गएको उनको निगरानीमा खटिएका चिकित्सकले बताएका छन् ।

डाक्टर केसीको माग प्रति सरकारले वास्ता नगरेको भन्दै नेपाल चिकित्सक संघलेदेखि आन्दोलनको घोषणा गरेपछि सरकारले बुधबार साँझ डा केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ११ : २८ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल