डा केसीको जीवनरक्षा गर्न माग गर्दै देशभरका चिकित्सक आन्दोलित « Khabarhub

डा केसीको जीवनरक्षा गर्न माग गर्दै देशभरका चिकित्सक आन्दोलित


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– अनसनरत डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिन चिकित्सकहरुले अस्पतालहरुको आकष्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका छन् ।

नेपाल चिकित्सक संघको आव्हानमा चिकित्सकहरुले बिहिबार बिहान ९ देखि ११ बजेसम्म आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका हुन् ।

डा केसीको माग सम्बोधनका लागि दवाव दिन चिकित्सकहरुले बिहीबार बिहानदेखि भने ९ देखि ११ बजेसम्म अस्पताल परिसरमा धर्ना दिएका थिए ।

डा केसीले नेपाली जनताको हितको लागि र मेडिकल शिक्षा प्रणाली सुधारका लागि मागहरु राखेको चिकित्सकहरु बताएका छन् ।

सरकारले डा केसीसँग वार्ताको लागि टोली गठन गरी छलफल शुरु गरेकाले सरकारले डा केसीको माग सम्बोधन गरी डा केसीको अनसन छिट्टै तोडाउन सरकारले पहल गर्ने उनीहरुको अपेक्षा छ । उनीहरुले डा केसीले पटक पटक अनसन बस्नुपर्ने अवस्था आउन नदिन सरकारसँग माग समेत गरेका छन् ।

यस्तै डा केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक तथा रेसिडेन्ट डाक्टहरुले कालो पट्टी बाँधेर रिले अनसन समेत सुरु गरेका छन् । डा केसीको माग सम्बोधनका लागि देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा पनि चिकित्सकहरुले रिले अनसन सुरु गरेको संघले जनाएको छ ।

डा केसीको माग सम्बोधन गरी उनको जीवनरक्षाको माग गर्दै नागरिक समाज तथा चिकित्सकहरुले देशभर सरकार विरुद्ध विरोधका कार्यक्रमहरु समेत जारी राखेका छन् ।

डा केसीको मागप्रति सरकारे वास्ता नगरेको भन्दै चौतर्फी विरोध शुरुभएपछि सरकारले बुधबार डा केसीसँग वार्ता गर्न शिक्षासचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

शिक्षा मन्त्रालयमा अहिले सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १ : १८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग