डा केसीको जीवनरक्षा गर्न माग गर्दै देशभरका चिकित्सक आन्दोलित « Khabarhub

डा केसीको जीवनरक्षा गर्न माग गर्दै देशभरका चिकित्सक आन्दोलित


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– अनसनरत डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिन चिकित्सकहरुले अस्पतालहरुको आकष्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका छन् ।

नेपाल चिकित्सक संघको आव्हानमा चिकित्सकहरुले बिहिबार बिहान ९ देखि ११ बजेसम्म आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका हुन् ।

डा केसीको माग सम्बोधनका लागि दवाव दिन चिकित्सकहरुले बिहीबार बिहानदेखि भने ९ देखि ११ बजेसम्म अस्पताल परिसरमा धर्ना दिएका थिए ।

डा केसीले नेपाली जनताको हितको लागि र मेडिकल शिक्षा प्रणाली सुधारका लागि मागहरु राखेको चिकित्सकहरु बताएका छन् ।

सरकारले डा केसीसँग वार्ताको लागि टोली गठन गरी छलफल शुरु गरेकाले सरकारले डा केसीको माग सम्बोधन गरी डा केसीको अनसन छिट्टै तोडाउन सरकारले पहल गर्ने उनीहरुको अपेक्षा छ । उनीहरुले डा केसीले पटक पटक अनसन बस्नुपर्ने अवस्था आउन नदिन सरकारसँग माग समेत गरेका छन् ।

यस्तै डा केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक तथा रेसिडेन्ट डाक्टहरुले कालो पट्टी बाँधेर रिले अनसन समेत सुरु गरेका छन् । डा केसीको माग सम्बोधनका लागि देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा पनि चिकित्सकहरुले रिले अनसन सुरु गरेको संघले जनाएको छ ।

डा केसीको माग सम्बोधन गरी उनको जीवनरक्षाको माग गर्दै नागरिक समाज तथा चिकित्सकहरुले देशभर सरकार विरुद्ध विरोधका कार्यक्रमहरु समेत जारी राखेका छन् ।

डा केसीको मागप्रति सरकारे वास्ता नगरेको भन्दै चौतर्फी विरोध शुरुभएपछि सरकारले बुधबार डा केसीसँग वार्ता गर्न शिक्षासचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

शिक्षा मन्त्रालयमा अहिले सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १ : १८ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको