अवार्ड शोबारे सैफ अली खानले भने – यो पैसा कमाउने माध्यम हो « Khabarhub

अवार्ड शोबारे सैफ अली खानले भने – यो पैसा कमाउने माध्यम हो


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार सैफ अली खानले खुलेर आफ्ना बारेमा कुरा राख्ने गर्छन् । नेपोटिज्मबारे आफ्नो विचार राखेका सैफले बलिउडमा हुने अवार्ड शोका बारेमा पनि आफ्नो धारणा राखेका छन् ।

सैफले अवार्ड शोलाई ठूलो तमासा भएको बताएका छन् । उनले आफ्नो धारणामा यस्ता अवार्ड शोका कार्यक्रममा आफ्नो विश्वास नभएको बताएका छन् ।

साथै उनले एक अन्तर्वार्ताका क्रममा आफूलाई अवार्ड शोका बारेका कुनै चासो नभएको पनि बताएका छन् ।

सैफलाई फिल्म ‘हम तुम’ बाट राष्ट्रिय अवार्ड मिलेको थियो । तर, यो अवार्डका लागि उनी योग्य नभएको चर्चा पनि चलेको थियो ।

सैफले अन्तर्वार्ताका क्रममा बलिउडमा हुने अवार्डलाई ‘तमासा’ भनेका हुन् । ‘केही साल पहिले एक अवार्ड शो मा गएका थिएँ, उहाँ मलाई बेस्ट एक्टरको अवार्ड दिने भनियो, पछि मलाई कमिक रोलमा बेस्ट एक्टरका अवार्ड दिने भनियो,’ उनले भने ।

सैफले अवार्ड कार्यक्रमलाई पैसा कमाउने माध्यम भएको पनि बताए । उनले भने, ‘सबै थोक व्यवसायिक भइसकेको छ, अहिले त कलाकारले स्टेजमा प्रस्तुति पनि पैसाका लागि गर्न थालेका छन् ।’

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ३ : १० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति