सरकार र केसी प्रतिनिधिबीचको वार्ता फेरि शुरु « Khabarhub

सरकार र केसी प्रतिनिधिबीचको वार्ता फेरि शुरु


२२ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र डाक्टर गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता फेरि शुरु भएको छ ।

बिहीबार दिउँसो २ बजे स्थगित भएको वार्ता शिक्षा मन्त्रालयमै पुन: शुरु भएको डा केसीतर्फबाट वार्तामा सहभागी डाक्टर अञ्जनी कुमार झाले खबरहबलाई बताए ।

शिक्षा मन्त्रालयले बुधबार डा केसीका मागका विषयमा वार्ता गर्न टोली गठन गरेपछि डा केसीको तर्फबाट सरकारसँग वार्ता गर्न टोली गठन भएको थियो ।

दुवै पक्षबीच आज बिहानदेखि दिउँसोसम्म करिव ४ घण्टा वार्ता चलेको थियो ।

शिक्षा सचिव गोपीनाथ मैनाली दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका शिक्षामन्त्रीहरुको भर्चुअल बैठकमा सहभागी भएकाले डा केसीका प्रतिनिधिसँगको वार्ता दिउँसो दुईबजे स्थगित गरिएको थियो ।

पछिल्लो बैठक ४ बजे बस्ने भनेपनि डा केसीका प्रतिनिधिहरु यसअघि भएका छलफलको विषयमा डा केसीलाई जानकारी गराउन त्रिवि शिक्षण अस्पताल पुगेका थिए । डा केसीको तर्फबाट वार्ता गर्न गठित टोली शिक्षा मन्त्रालय पुगेपछि वार्ता पुन: शुरु भएको हो ।

यसअघि भएको वार्तामा सरकारले डा केसीलाई आफ्नो अडान तथा मागप्रति लचिलो हुन आग्रह गरेका छन् भने डा केसी आफ्नो सबै तत्काल पुरा हुनुपर्ने अठानमा छन् ।

वार्ता टोलीमा सरकारको तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा रहेका छन् भने डा केसीका प्रतिनिधिहरुमा डा जीवन क्षेत्री, डाक्टर अञ्जनी कुमार झा, डा लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल छन् ।

डा केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न मागहरु राख्दै भदौं २९ गतेदेखि जुम्लाबाट अनसन शुरु गरेका थिए । डा केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगंजमा अनसनरत छन् । उनको निगरानीमा खटिएका चिकित्सहरुले डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ५ : ३५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया