सरकार र केसी प्रतिनिधिबीचको वार्ता फेरि शुरु « Khabarhub

सरकार र केसी प्रतिनिधिबीचको वार्ता फेरि शुरु


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र डाक्टर गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता फेरि शुरु भएको छ ।

बिहीबार दिउँसो २ बजे स्थगित भएको वार्ता शिक्षा मन्त्रालयमै पुन: शुरु भएको डा केसीतर्फबाट वार्तामा सहभागी डाक्टर अञ्जनी कुमार झाले खबरहबलाई बताए ।

शिक्षा मन्त्रालयले बुधबार डा केसीका मागका विषयमा वार्ता गर्न टोली गठन गरेपछि डा केसीको तर्फबाट सरकारसँग वार्ता गर्न टोली गठन भएको थियो ।

दुवै पक्षबीच आज बिहानदेखि दिउँसोसम्म करिव ४ घण्टा वार्ता चलेको थियो ।

शिक्षा सचिव गोपीनाथ मैनाली दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका शिक्षामन्त्रीहरुको भर्चुअल बैठकमा सहभागी भएकाले डा केसीका प्रतिनिधिसँगको वार्ता दिउँसो दुईबजे स्थगित गरिएको थियो ।

पछिल्लो बैठक ४ बजे बस्ने भनेपनि डा केसीका प्रतिनिधिहरु यसअघि भएका छलफलको विषयमा डा केसीलाई जानकारी गराउन त्रिवि शिक्षण अस्पताल पुगेका थिए । डा केसीको तर्फबाट वार्ता गर्न गठित टोली शिक्षा मन्त्रालय पुगेपछि वार्ता पुन: शुरु भएको हो ।

यसअघि भएको वार्तामा सरकारले डा केसीलाई आफ्नो अडान तथा मागप्रति लचिलो हुन आग्रह गरेका छन् भने डा केसी आफ्नो सबै तत्काल पुरा हुनुपर्ने अठानमा छन् ।

वार्ता टोलीमा सरकारको तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा रहेका छन् भने डा केसीका प्रतिनिधिहरुमा डा जीवन क्षेत्री, डाक्टर अञ्जनी कुमार झा, डा लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल छन् ।

डा केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न मागहरु राख्दै भदौं २९ गतेदेखि जुम्लाबाट अनसन शुरु गरेका थिए । डा केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगंजमा अनसनरत छन् । उनको निगरानीमा खटिएका चिकित्सहरुले डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ५ : ३५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने