पीडित पत्रकारहरुको आन्दोलनमा विपक्षी बनाइँनु दुखद : नेपाल आज « Khabarhub

पीडित पत्रकारहरुको आन्दोलनमा विपक्षी बनाइँनु दुखद : नेपाल आज


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार–गृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोनलमा आफूलाई विपक्षी बनाइनु दुखद भएको नेपाल आज अनलाइन मिडियाले जनाएको छ ।

उसले आज एक विज्ञप्ति जारी गरेर पत्रकारहरुको आन्दोलनमा विदेशी घुसपैठ भएको आशंका गर्दै आफूलाई विपक्षी बनाइनु दुःखद भएको जनाएको हो ।

इस्लामिक राष्ट्र तथा अदृष्य विदेशी शक्तिको प्रभावमा परेर राष्ट्रहित विपरित र लोकतान्त्रिक व्यबस्था भएका मित्रराष्ट्रका विरुद्ध भ्रमपूर्ण समाचार लेखेको आशंकामा छानविनमा रहेका केही पत्रकार र कर्मचारी आन्दोलनमा देखिएपछि घुसपैठको आशंका वढेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल आज प्रालिको अनलाईन पोर्टल ‘नेपाल आज’ बाट पीडित भनिएका केहि पत्रकार र कर्मचारी माथि राष्ट्रहित विपरितका काममा सम्पादकीय स्वतन्त्रताको दुरुपयोग र पत्रकार आचार संहिता विपरितका काम गरेको आशंका गरिएको छ ।

नेपाल आज प्रालिले जारी गरेको विज्ञप्तिमा नेपाल आजबाट पीडित भनिएका केहि कर्मचारीहरु इस्लामिक राष्ट्र तथा अदृष्य विदेशी शक्तिको प्रभावमा परेर राष्ट्रहित विपरित र लोकतान्त्रिक व्यवस्था भएका मित्रराष्ट्रकाविरुद्ध काम गरिरहेको आशंका ब्यक्त गरिएको छ ।

‘त्यो विषय यस संस्थाको आन्तरिक सामाजिक परीक्षणको प्रक्रियामा थियो’ विज्ञप्तिमा भनिएको छ–‘नेपालमै पनि स्वदेशी तानाशाही र डेट एक्स्पायर पुनरातनवादी शक्तिका एजेण्टका समाचारलाई अतिसयोक्तिपूर्ण तरिकाले प्रस्तुत गर्ने र नेपालको राष्ट्रियता, अखण्डता र लोकतान्त्रीक मूल्यमान्यता विरुद्ध काम गरेको विषय अझै पनि छानविनकै क्रममा छ ।’

सरकारी कर्मचारी तथा विशिष्ठ ब्यक्तिहरुको अन्तरबार्ता लिने क्रममा रकम माग्ने गरेको विषय उनीहरुविरुद्ध उजुरी नै परेको जानकारी दिदै विज्ञप्तिमा भनिएको छ– ‘यि सवै विषय छानविनको क्रममा रहेकै बेला उनीहरु एकतर्फी रुपमा सम्पर्क बिहीन भएका हुन् ।’

उसले पीडित भनिएका कर्मचारी/पत्रकारको दावी दुरासय युक्त रहेको र त्यसमा कुनै सत्यता नरहेको दाबी गरेको छ ।

नेपाल आजद्वारा जारी विज्ञप्ति यस्तो छ-

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ६ : १८ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम