हिरोले ल्यायो नयाँ स्कुटर, कति मुल्य ? « Khabarhub

हिरोले ल्यायो नयाँ स्कुटर, कति मुल्य ?


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिरो मोटोकर्पले भारतमा नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले ‘मेस्ट्रो एज १२५’ नयाँ अप्सन सार्वजनिक गरेको हो।

यसलाई कम्पनीले ‘मेस्ट्रो एज १२५ स्टिल्थ’ नाम दिएको छ।

नवभारत टाइम्सका अनुसार यो स्कुटरको इन्जिन क्षमता १२५ सिसी छ। यो स्कुटरको फ्यूल एन्जेक्टेड भेरियन्टले ७ हजार आपिएममा ९.२ एचपी पावर र ५ हजार आरपिएममा १०.२ एनएम टर्क जेनेरेट गर्छ।

त्यस्तै कार्वोरेटर भेरियन्टको स्कुटरले ६ हजार ७ सय ५० आरपिएममा ८.८३ एचपी पावर र ५ हजार आरपिएममा १०.२ एनएम टर्क जेनेरेट गर्छ।

यसमा रहेको स्टार्ट स्टप टेक्नोलोजिले (हिरो आई३एस)ले माइलेज धेरै दिने कम्पनीको दावी छ। यसको सिटमुनी युएसपोर्ट दिइएको छ। जसले गर्दा यात्राको समयमा मोवाइल चार्ज गर्न सकिन्छ।

यसको अगाडिको चक्का १२ इन्च र पछाडिको १० इन्चको छ। यो ४ वटा रङ्गमा उपलब्ध छ। कम्पनीले भारतमा यसको मूल्य ७२ हजार ९ सय ५० रुपैयाँ निर्धारण गरेको छ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ७ : ४८ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा