यस्तो छ कोरोनामुक्त भएका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालको अनुभव « Khabarhub

यस्तो छ कोरोनामुक्त भएका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालको अनुभव


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल कोरोनामुक्त भएका छन् ।

१७ असोजमा उनलाई कोरोना संक्रमण देखिएको थियो ।  बिहीबार गरिएको उनको दोस्रो परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

प्रमुख सल्लाहकार रिमालले सामाजिक सञ्‍जाल फेसबुकमा यस्तो लेखेका छन्-

मेरो पीसीआर रिपोर्ट नेगेटिभ आयो
सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार !

कोरोनाको अनुभव व्यक्ति–व्यक्तिमा फरक–फरक छ । कोही लक्षण सहितको संक्रमित हुनुहुन्छ । उहाँहरुको अनुभवले भन्छ– यसले पीडा दिन्छ, गाल्छ । ज्यानै गए अन्तिम अवस्थामा आफन्तहरुले मुख समेत हेर्न पाउँदैनन् । कोही लक्षण बिनाको संक्रमित हुनुहुन्छ । हप्ता/दश दिनमा भाइरस मुक्त ! उहाँहरुको अनुभवमा कोरोना त केही नै हैन रहेछ ! पानी/सानी खायो–खलास् !!!

म पनि कोरोना संक्रमित भएँ । सतर्क रहँदा रहँदै पनि कसरी संक्रमित भएँ? केबल अन्दाजै मात्र छ । लक्षण बिनाको संक्रमित– पहिलो दिन अलिअलि चिन्ता लाग्यो । आफ्नो भन्दा पनि आफ्नो परिबारका सदस्यको । संवेदनशील स्थान भएकोले, आफूले काम गर्ने ठाँउको र होम आइसोलेशनमा रहेकोले छरछिमेकको …। मनमा आयो– अब के होला, अरुहरुले के सोचि रहेका होलान्? कसैलाई केही भइ हाले म कति दोषि ठहरिउँला? आदि ।

सिङ्गो अबधि भरी केही पनि अप्ठ्यारो महसूस नगरी मैले आइसोलेशनको अबधि आज पार गरें । दोश्रो चोटीको पिसिआर परिक्षणबाट परिणाम “नेगेटिभ” आयो । खुशी लाग्यो, म कोरोना मुक्त भएँ ।

मेरो अनुभवले भन्छ– कोरोना केही होइन भन्नु अतिरञ्जना हो । र, कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो । तरीका पु-याउँदा यो महामारीको असर अति न्यून हुन्छ । लापर्बाहिमा ज्यानै जान्छ । त्यसैले यस महामारीले पहिलो कुरा, अनुशासनको माग गर्छ । दोश्रो, संक्रमितको उच्च मनोवल र तेश्रो धैर्यताको माग गर्छ ।

यस्तो बेलामा आउने सल्लाह/सुझावहरु पनि रंगिविरङ्गी हुन्छन् । मन आत्तिएको बेला आएजति सबै सल्लाह पालन गर्छु, भने जति सबैथोक खान्छु भन्नेतिर लागियो भने भद्रगोलमा परिन्छ । त्यसैले, चिकित्सकीय वा अन्य कुनै पनि सल्लाह, जसमाथि बढी विश्वास छ, उसैको सुझाव फलो गर्नुहोस् । खाल–खालको सुझावको पछि नलाग्नुस् । मेरो विचारमा, विश्वास– अप्ठ्यारोबाट पार पाउन महत्वपूर्ण आधार हो ।

मैले किर्तिपुर आयुर्वेदिक अस्पतालका डा. रामआधार यादवले सुझाउनु भएको आयुर्वेदिक औषधि प्रयोग गरें । जनस्वास्थ्य विज्ञ डा. रबीन्द्र पाण्डेले दिनुभएको सुझावलाई अपनाएँ । हामी खिसिट्युरी गर्न मज्जा मान्छौं । तर पत्याउनु हुन्छ? मैले त त्यही बेसार, कागती, गुर्जो, अदुवा सहितको पानी प्रसस्त पिएँ । राष्ट्रका अति सम्मानित व्यक्तित्वदेखि विभिन्न तह र तप्काका मलाई माया गर्नुहुने आदरणीय शुभेच्छुकहरुले “छिट्टै निको हुन” दिनुभएको शुभकामनालाई आड भरोसाको रुपमा लिएँ । म मा अरु रोग केही थिएन । दुई चिकित्सकहरुले सुझाउनु भएको उपायले मज्जाले काम ग-यो ।

एउटा रमाइलो गरौं? संक्रमणको दोश्रो दिन लेखक/पत्रकार विजय कुमारले फोन गरेर भन्नु भयो– बधाई ब्रदर । मैले सोधें– कुन खुशीमा? उहाँले भन्नु भयो– २/४ दिनमा तपाई ठीक हुनुहुनेछ । त्यसपछि अरु असंक्रमितहरु भ्याक्सिन खाज्दै यताउता भौंतारिने छन् । तपाई आफ्नै शरीरमा पैदाभएको ‘एण्टीबडी’को बलमा ४/६ महीना शानसंग काम गर्न पाउनु हुनेछ । अहिले आराम गर्ने, मेरो किताब– सम्बन्धहरु, पढ्ने ब्रो । मन चङ्गा भयो– कोरोना सल्केर निको भएपछि त काइदाको फाइदा पो हुने रहेछ ।

लक्षण युक्त होस् या लक्षण बिहिन, कोरोन मुक्त भएपछि के के नै लडाईँ जिते जस्तो अनुभूति हुँदो रहेछ । यस्तो बेलामा सतर्क हुनुपर्ने केही कुरा छन् । जस्तो कि निको हुनेले फुर्तिफार्ती गर्दै ‘मलाई त केही नै भएन, ह्या केही हुँदो रहेनछ, कोरोना न सोरोना … जस्ता हल्का टिप्पणी नगर्नुस् । केही नै नहुने त किन हुन्थ्यो र? कम्तिमा पनि अलि कमजोरी त फिल हुन्छ हुन्छ । महामारीको संक्रमणलाई सामान्यकृत गर्दा अनुशासन भत्किन्छ र त्यसले अनपेक्षित दुस्परिणाम निम्त्याउँछ भन्ने हामी कसैले पनि भुल्न हुँदैन ।

आज आफू कोरोनामुक्त हुँदा देशभरका सबै सक्रिय संक्रमित दाजुभाइ दिदीबहिनीहरुलाई मेरा यी अनुभव भन्न चाहन्छु । र, उहाँहरु सबैको शीघ स्वास्थ्यलाभको कामना गर्दछु । जो जसले यसअघि नै कोरोना बिरुद्धको लडाईं जितिसक्नु भयो, उहाँहरु सबैलाई हार्दिक बधाई भन्न चाहन्छु । जसलाई पापी कोरोनाले जित्न दिएन, उहाँहरुप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

चिकित्सक र स्वास्थ्यकर्मीहरु, अग्रभागमा रहेर जीवन जोगाउन अहोरात्र खटी रहनुभएका सम्पूर्ण महानुभावप्रति आदरसम्मान व्यक्त गर्दछु । शीघ्र स्वास्थ्यलाभको शुभेच्छा सहित, परिबारका सदस्य झैं मेरो स्वास्थ्यप्रति चिन्तित हुनुहुने सबै आदरणीयहरुमा बिनम्र आभार व्यक्त गर्दछु ।

म त यस महामारीबाट हाललाई उम्किएँ, तर महामारी अझै फैलिँदो अवस्थामा छ ।
आग्रह गर्न चाहन्छु– सतर्क होऔं, अनुशासित बनौं ।
चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुझाव पालना गरौं ।
कोरानाबाट आफू बचौं र अरुलाई पनि बचाऔं ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १० : १६ बजे

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट