जुत्ता लगाउन नजान्दा पनि बिग्रिन्छ भाग्य – ज्योतिष शास्त्र « Khabarhub

जुत्ता लगाउन नजान्दा पनि बिग्रिन्छ भाग्य – ज्योतिष शास्त्र


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुत्ता उल्टो भयो या घोप्टियो भने ज्योतिष शास्त्रले त्यसलाई ठीक मान्दैन ।

देख्ने वित्तिकै त्यसलाई सुल्टो (सीधा) पल्टाउनुपर्छ । बाटो तथा आँगन अगाडि उल्टो जुत्ता देखियो भने साइत बिग्रिन्छ भन्ने मान्यता अहिले पनि छ ।

ज्योतिष शास्त्रका अनुसार मानव जीवनसँग सम्बन्धित हरेक चीज कुनै न कुनै ग्रहसँग जोडिएका हुन्छन् ।  हाम्रा जुत्ता पनि जीवनको सकारात्मक वा नकारात्मक पक्षसँग जोडिन्छन् ।

ज्योतिष शास्त्रका अनुसार हाम्रा जुताको सम्बन्ध शनी ग्रहसँग हुन्छ । यसकारण यो पनि मान्यता छ कि जसलाई शनीको दशा लागेको हुन्छ उनीहरुले जुत्ता दान गर्नु पर्ने हुन्छ ।

जुत्ता कसरी राख्ने ?

वास्तु शास्त्रका अनुसार तपाईले आफ्नो घरमा जुत्ता तथा जुत्ता राख्ने र्याक उत्तर–पूर्व दिशामा राख्नु हुँदैन । यस्तो यसकारण कि यही दिशाबाटै घरमा सूर्यको किरण प्रवेश गर्छ । यस्तो अवस्थामा तपाईको जुताले घरमा प्रवेश गर्ने सकरात्मक उर्जामा बाधा पुर्याउन सक्छ ।

यस्ता जुत्ता नलगाउनोस्

शास्त्रीय मान्यता छ कि कहिल्यै पनि उपहारमा मिलेका तथा चोरेर ल्याएका जुत्ता लगाउनु हुँदैन । यसले भाग्यसँग तपाईंको मिलनलाई बन्द गरिदिन्छ । व्यक्तिगत करियरका लागि पनि उपहारमा मिलेका जुत्ता लगाउनु राम्रो मानिदैन ।

कसले कस्तो जुत्ता लगाउने ?

यदि तपाईं बैंकिङ या शिक्षा क्षेत्रमा काम गर्नु हुन्छ भने तपाईंले खैरो र गाढा पहेँलो रंगको जुत्ता लगाउनु राम्रो हुँदैन । यसले तपाईंको आम्दानीमा नराम्रो असर पर्न सक्छ । यो क्षेत्रका काम गर्ने व्यक्तिले निलो रंगका जुत्ता लगाउन सक्नुहुन्छ । यसले तपाईको व्यक्तित्व र करियरमा राम्रो प्रभाव पर्नेछ ।

यदि तपाई चिकित्सा (मेडिकल) र फलामसँग जोडिएको क्षेत्रमा काम गर्नुहुन्छ भने सेतो रंगका जुत्ता कहिल्यै नलगाउनुहोस् । यसले आर्थिक क्षति हुन्छ । यो क्षेत्रमा काम गर्ने व्यक्तिले कालो रंगको जुत्ता लगाउँदा धेरै राम्रो हुन्छ । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : ०४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ