नेपालमा पछिल्लो २४ घण्टामा थपिए २८१७ कोरोना संक्रमित, २१ को मृत्यु « Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २८१७ कोरोना संक्रमित, २१ को मृत्यु


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३५४१९ रहेको छ ।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ हजार थियो ।

पछिल्लो २४ घण्टामा थप २८१२  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५७ हजार ९२६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २१  जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११०८ पुगेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ४ : २८ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय