काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४८० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार ८२ जना भेन्टिलेटरमा र ३९८ जना संक्रमित आइसियुमा उपचाररत छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८० जना आइसियु र ४१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५७ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४५ जना आइसियु र १५ जना भेन्टिलेटरमा र प्रदेश २ मा ७ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा १५ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आइसियु र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ आइसियु उपचाररत रहेका छन्।
प्रतिक्रिया