सुदूरपश्चिममा थपिए ९१ कोरोना संक्रमित « Khabarhub

सुदूरपश्चिममा थपिए ९१ कोरोना संक्रमित


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– आइतबार सुदूरपश्चिमका थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार ३ सय ६७ जनाको परीक्षण गर्दा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशीक अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार धनगढी उपमहानगरपालिकाका ३३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ र ७ का ६/६ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ३, ८ र १३ का २/२ जनामा कोरोना पुष्टि भएको छ। यस्तै वडा नम्बर १, १४ र १८ का १/१ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी कैलालीकै टीकापुर नगरपालिकाका १२ जना, भजनी नगरपालिकाका २ जना, जोशीपुर गाउँपालिका, बर्दगोरीया गाउँपालिका र घोडाघोडी नगरपालिकाका १/१ जनामा संक्रमण देखिएको छ। यस्तै ठेगाना नखुलेका कैलालीका १२ जनामा समेत कोरोना पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ जना, पुर्नवास नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका ३ जना, कृष्णपुर नगरपालिकाका २ जना, बेलौरी नगरपालिका, शुक्लाफाटा नगरपालिका, लालझाडी गाउँपालिकाका र ठेगाना नखुलेका १/१ जनामा पनि कोरोना देखिएको छ।

त्यस्तै बाजुराका २ जना, डडेल्धुरा र डोटीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : २३ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको