सुदूरपश्चिममा थपिए ९१ कोरोना संक्रमित | Khabarhub Khabarhub

सुदूरपश्चिममा थपिए ९१ कोरोना संक्रमित


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– आइतबार सुदूरपश्चिमका थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार ३ सय ६७ जनाको परीक्षण गर्दा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशीक अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार धनगढी उपमहानगरपालिकाका ३३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ र ७ का ६/६ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ३, ८ र १३ का २/२ जनामा कोरोना पुष्टि भएको छ। यस्तै वडा नम्बर १, १४ र १८ का १/१ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी कैलालीकै टीकापुर नगरपालिकाका १२ जना, भजनी नगरपालिकाका २ जना, जोशीपुर गाउँपालिका, बर्दगोरीया गाउँपालिका र घोडाघोडी नगरपालिकाका १/१ जनामा संक्रमण देखिएको छ। यस्तै ठेगाना नखुलेका कैलालीका १२ जनामा समेत कोरोना पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ जना, पुर्नवास नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका ३ जना, कृष्णपुर नगरपालिकाका २ जना, बेलौरी नगरपालिका, शुक्लाफाटा नगरपालिका, लालझाडी गाउँपालिकाका र ठेगाना नखुलेका १/१ जनामा पनि कोरोना देखिएको छ।

त्यस्तै बाजुराका २ जना, डडेल्धुरा र डोटीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : २३ बजे

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५