सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ « Khabarhub

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटको सामना गरिरहेको चेतावनी दिनुभएको छ । राष्ट्रसङ्घका अनुसार दुई करोड मानिस तीव्र भोकमरीबाट पीडित छन् भने एक करोड ४० लाख विस्थापित भएका छन् । कोषको अभावले संयुक्त राष्ट्र सहायता एजेन्सीहरूलाईसमेत निकट भविष्यमा आवाश्यक अपरेसनहरू सञ्चालनमा बाधा पुगेको छ ।

सुडानको आठ दिने भ्रमणको समापनमा, संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का कार्यवाहक निर्देशक ए कार्ल स्काउले करिब पाँच लाख मानिसहरूले भोकमरीको आपतकालीन स्तरको सामना गरिरहेको बताएका छन् । जसलाई एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) को चरण ४ अन्तर्गत वर्गीकृत गरिएको छ । उनले मानवतावादी कार्यकर्ताहरू प्रभावित समुदायहरूमा पुग्न असमर्थ भएकोसमेत बताए।

एक समय करिब १० लाख जनसङ्ख्या भएको र प्रमुख क्षेत्रीय राजधानीका रूपमा सेवा गरेको सहरले अनिकाल र अकल्पनिय अत्याचारसहित १८ महिनाको घेराबन्दीको सामना गरेको उल्लेख गर्दै उहाँले हालको अवस्था अत्यन्तै कठोर रहेको बताएका छन्।

वर्षादेखि आफ्नो परिवारलाई जोगाउन महिलाहरूले अनुरोध गरेको तिरपालसहित राम्रो आश्रयको प्रावधानका साथ केही अवस्था सुधार भएको उनले उल्लेख गरेका छन्। डब्लुएफपीले पनि आफ्नो सञ्चालन विस्तार गरेको छ, हाल प्रत्येक महिना एल फासेरमा करिब ९ लाख ५० हजार मानिससम्म पुगेता पनि, सहायता अपर्याप्त भएको जनाइएको छ ।

राष्ट्रसङ्घका अधिकारीका अनुसार, परिवारहरूले आधा राशन मात्र पाउँछन् यसबाहेक, शिक्षा, स्वास्थ्य सेवा, आश्रय, र बच्चाहरूका लागि सुरक्षित खेल मैदानको गम्भीर अभावका बीचमा आफ्ना पति वा छोराहरू गुमाउने महिलाहरूले परिवारहरूको नेतृत्व गर्छन ।

खडेरीले जनसङ्ख्यामाथि दबाब बढाइरहेको कुरा औंल्याउँदै उहाँले कृषि र पशुधनमा यसको प्रभावबारे स्थानीय समुदायको डरलाई उजागर गर्नुभयो । जोखिमको बावजुद, डब्ल्यूएफपी प्रत्येक महिना ४ देखि ५ लाख मानिसहरू सामु पुग्ने प्रयास जारी राखेको स्काउले बताए।

अतिरिक्त स्रोतहरू सुरक्षित नगरे आगामी हप्ताहरूमा एजेन्सीले पर्याप्त मात्रामा सञ्चालन घटाउन बाध्य हुन सक्ने चेतावनी दिँदै उनले कार्यक्रमको सञ्चालनले अहिले सामना गरिरहेको सबैभन्दा ठुलो बाधा कोषको अभाव भएको कुरामा जोड दिएका छन्।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ९ : ०३ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको