राष्ट्रपतिमा हारेपछि ट्रम्पसँग सम्बन्धविच्छेद गर्दै पत्नी मेलानिया ! « Khabarhub

राष्ट्रपतिमा हारेपछि ट्रम्पसँग सम्बन्धविच्छेद गर्दै पत्नी मेलानिया !


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्‍ट्रपति पदको चुनाव हारेपछि डोनाल्ड ट्रम्पका लगि अर्को दु:खद समाचार अहिले चर्चामा छ ।

राजनीतिक करियरमा ठूलो झट्का भोगेको केही घण्टापछि नै उनको परिवारिक जीवन पनि संकटमा परेको खबर अन्तर्राष्ट्रिय मिडियाहरुले सार्वजनिक गरेका छन् ।

ट्रम्प प्रशासनका एक पूर्व सहयोगीका अनुसार मेलानिया ट्रम्पसँग सम्बन्धविच्छेदका लागि पति ह्‍वाइट हाउसबाट निस्किने दिनको प्रतीक्षामा रहेको जनाइएको छ ।

यो समाचार बेलायतको चर्चित पत्रिका डेली मेल लगायत अन्य मिडियाहरुले प्रकाशित गरेका छन् ।

संयुक्‍त राज्‍य अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पका वरिष्‍ठ सलाहकारका रुपमा नियुक्‍त भएकी उनकी पूर्वसहयोगी स्टेफनी वोल्कोफका अनुसार यी दम्पती व्‍हाइट हाउसमा पनि अलग अलग बेड रुममा सुत्थे। बिहे त उनीहरुका लागि एक सम्झौता मात्रै थियो।

एक अन्य पूर्व सहयोगी ओमारोजा म्यानिगोल्ट न्युम्यानका अनुसार यी जोडीको १५ वर्ष पुरानो वैवाहिक सम्बन्ध अब करिब करिब समाप्त भएको छ।

‘मेलानिया अहिले बितिरहेका हरेक मिनेट गनेर ट्रम्प कार्यालय बाहिर निस्किएपछि डिभोर्स दिने प्रतीक्षामा छिन्’, उनले भनेका छन्।

सन् २०१६ मा डोनाल्ड ट्रम्पले निर्वाचन जित्दा मेलानिया रोएकी थिइन् किनकि उनलाई पतिले जित्नेमा विश्‍वास नै थिएन। मेलानियासँग जोडिएको यो कुराको दाबी स्वयम् उनकी निकट साथीले गरेकी हुन्।

तर ५० वर्षीया मेलानियाले आफ्ना ७४ वर्षीय पतिसँगको सम्बन्ध सधैँ राम्रो रहेको बताइरहिन्। तर पनि कयौँ यस्ता घटना भए जसले गर्दा यी दुईबीचको सम्बन्ध कहिल्यै सुमधुर हुन सकेन।

यसअघि डोनाल्ड ट्रम्पले आफ्नी दोस्री पत्नी मार्ला मेपल्ससँग कुनै किताब प्रकाशित नगर्ने र अन्तर्वार्ता पनि दिन नपाउने गरी सम्झौता भएको थियो।

यता मेलानियाको मौनतालाई हेर्दा उनीसँग पनि त्यस्तै सम्झौता भएको हुन सक्ने समाचारमा जनाइएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ११ : ०५ बजे

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग

काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला

व्यायाम : समय नभएको की प्राथमिकतामा नपरेको ?

काठमाडौं– आजकाल धेरै मानिसहरू ‘समय छैन’ भन्ने गुनासो गरिरहेका भेटिन्छन्