विवाहलगत्तै नायिक श्वेता खड्काले उठाइन एकल महिलाका शसक्तिकरणको मुद्दा (विवाहका तस्वीरसहित) « Khabarhub

विवाहलगत्तै नायिक श्वेता खड्काले उठाइन एकल महिलाका शसक्तिकरणको मुद्दा (विवाहका तस्वीरसहित)


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नायिका श्वेता खड्काले विवाहलगत्तै एकल महिलाको सशक्तीकरणका विषय उठाएकी छन् ।

सोमबार दोस्रोपटक विवाह गरेलगत्तै नायिका खड्काले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू एकल महिलाका लागि सोचेको काम गर्ने प्रयासमा रहेको बताएकी हुन्।

‘म थप सशक्त नारीका रूपमा तपाईंहरूका सामुन्ने प्रस्तुत हुनेछु,’ सोमबार राति नायिका खड्काले आफ्नो फेसबुक पेजमा लेखेकी छन्, ‘आगामी दिनमा एक महिलाको सशक्तीकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यसलाई साकार बनाउनका लागि म प्रयासरत रहनेछु।’

६ वर्षअघि नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएको १ महिनामा श्रेष्ठको निधन भएपछि उनले  धनगढीका विजयेन्द्रसिंह रावतसँग सोमबार विवाह गरेकी हुन्।

विवाहपछिको स्टाटसले उनले जीन्दगीको अर्को एउटा यात्रामा पाइला चालेको उल्लेख गर्दै अझ धेरै गर्न बाँकी रहेको बताएकी छन्।

‘मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुरजस्तै अझै उच्च स्थानमा पुर्‍याउनुछ। निर्माणाधीन  माझीटोललाई आज सजिएको बिहेको मण्डपभन्दा पनि अझै सजाउनु छ,’ उनले भनेकी छिन्, ‘मैले थालेका व्यवसायहरूलाई मेरो हातमा चम्किएका चुराहरू जस्तै चम्काउनुछ। मैले अझै धेरै काम गर्न बाँकी छ।’

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ६ : ४३ बजे

देउवालाई नैतिकताको पाठ पढाउने गगन अब के गर्लान् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा लोकतन्त्र, विधिको शासन, सदाचारिता,

एमालेको इतिहासमै लज्जास्पद नतिजा : प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित

काठमाडौं- फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले

सङ्खुवासभामा एमालेको अग्रता, रास्वपा पछ्याउँदै

किमाथाङ्का (सङ्खुवासभा)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा सङ्खुवासभामा नेकपा (एमाले)का अर्जुनकुमार कार्कीको

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली)- कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी