जहाँ गाईलाई अंकमाल गर्न शूल्क तिरेरै मान्छेहरु लाइन लाग्छन्  « Khabarhub

जहाँ गाईलाई अंकमाल गर्न शूल्क तिरेरै मान्छेहरु लाइन लाग्छन् 


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा अहिले एक अभियानै चलेको छ । जुन सुन्दा निकै रोचक लाग्न सक्दछ । ‘गाईलाई अंकमाल गरौँ’ भन्ने अभियानमा मानिसहरुले सक्रयता जनाउँदै आएका छन् ।

यो अभियानमा सामेल हुनेको संख्या अहिले बढ्दो रूपमा छ । यस्तो अभियान न्युयोर्कको माउन्टेन हाउस फार्मले चलाइरहेको छ ।

तर, गाईसँग अंकमाल गर्न त्यसै पाइँदैन । त्यसका लागि पैसा खर्च गर्नुपर्दछ । निकै मोटो रकम खर्चेर मानिस अहिले गाईसँग अंकमाल गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो अभियानमा सामेल भएर गाईलाई अंकमाल गर्नेले ९० मिनेट समय बिताउन पाउँदछन् । त्यसका लागि उनीहरूले ३ सय डलर तिर्नुपर्छ । आखिर मानिसले यति धेरै पैसा खर्चेर किन गाईसँग अंकमाल गरेका त ?

यो बताइएको छ कि, मानिसले ‘रिल्याक्स’ हुनका लागि यस्तो गरेका छन् । उनीहरूले गाईको हेरचाह र सुरक्षामा मानिसको ध्यान जाओस् भनेर पनि यसो गरेको बताइएको छ ।

धेरैलाई थाहा नहुन सक्छ कि, गाईसँगको अंकमालबाट मानिसको स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने कुरा वैज्ञानिकले पनि प्रमाणित गरिसकेका छन् ।

वैज्ञानिकका अनुसार मानिसको शरीरको तापक्रमभन्दा गाईको तापक्रम निकै बढी हुन्छ । त्यसैगरी, मानिसको मुटुको धड्कन जति तीव्र हुन्छ, त्यो भन्दा निकै बढी गाईको मुटुको धड्कन तीव्र हुन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ७ : ३२ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा