कन्या पूजनमा ध्यान दिनुपर्ने कुराहरु « Khabarhub

कन्या पूजनमा ध्यान दिनुपर्ने कुराहरु


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा कन्या पूजनको विशेष महत्व रहने गरेको छ । कन्या पूजन गरेमा देवी दुर्गाको विशेष कृपा पाउने धार्मीक मान्यता रहेको छ ।

देवी दुर्गाको अलगअलग नौ स्वरूपको भक्ती र आराधना गर्ने परम्परा रहेको छ । दुर्गाको नौ स्वरुपको आराधना गर्न सम्भव नहुनेहरुले कन्या पूजन गर्ने परम्परा रहेको छ । कन्या पूजा गर्दा निम्न कुरामा ध्यान पुर्याउनु पर्दछ ।

१. कन्या पूजनका दिन बिहान नुहाएर भगवान गणेश र महागौरीको पूजा गर्नु पर्दछ ।
२. कन्या पूजनमा दुईदेखि दश बर्षसम्मका नौ बालिका र एक बालक आवश्यक हुन्छ ।
३. बालकलाई बटुक भैरवका रुपमा पूजन गरीन्छ ।
४. कन्याको संख्या नौ हुन नसकेमा न्युनतम सात हुनु पर्दछ ।
५. कन्या पूजन जहाँ भएपनि घरमा सरसफाइ हुनु पर्दछ ।
६. कन्या राख्ने स्थान समेत अत्यन्त सफा र पवित्र हुनु पर्दछ ।
७. घरमा कन्या आइपुग्दा देवीको जयगान गाउदै प्रवेश गराउनु पर्दछ ।
८. आएका सबै कन्यालाई शुद्ध आसनमा बसाउनु पर्दछ ।
९. त्यसपछि पालैपालो सबै कन्याको पाउ धुनु पर्दछ ।
१०. त्यसपछि श्रद्धाका साथ देवी सरह उनीहरुको पूजा गर्नु पर्दछ ।
११. त्यसपछि सबै कन्या र बालकलाई घिउको दियो बालेर आरती गर्नु पर्दछ ।
१२. आरतीपछि भोग लगाउनुहोस् । कन्या पूजनमा पूरी, चना र हलुवा ख्वाउने चलन छ ।
१३. भोजनपछि कन्यालाई यथाशक्ति भेट र उपहार दिनुहोस् ।
१४. त्यसपछि उनिहरुको पाउ छोएर सम्मानजनक बिदा गर्नुहोस् ।

धार्मिक ग्रन्थ अनुसार, कन्या पूजनमा स्वस्थ तथा सम्पुर्ण रोग वा शारीरिक दोषबाट मुक्त कन्या उपयुक्त मानिन्छ । मान्यता अनुसार मनोवाञ्छित फल पाउन ब्राह्मण कन्या, वैभव तथा प्रसिद्धि पाउन क्षत्रिय कन्या, धन वा समृद्धि पाउन वैश्य कन्या र पुत्र प्राप्तिका लागी शूद्र कन्या पूजन उपयुक्त हुने मान्यता छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ५६ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल