इरानी वैज्ञानिकको हत्यामा ‘आर्टिफिसयल इन्टेलिजेन्स’सहितको मेसिन गन प्रयोग « Khabarhub

इरानी वैज्ञानिकको हत्यामा ‘आर्टिफिसयल इन्टेलिजेन्स’सहितको मेसिन गन प्रयोग


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इरानका वरिष्ठ आणविक वैज्ञानिकको हत्यामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’सहितको स्याटलाइट नियन्त्रित मेसिनगन प्रयोग भएको दाबी गरिएको छ ।

नोभेम्बर २७ मा तेहरान शहरभन्दा बाहिर मोहसेन फक्रिजादे सवार गाडीमा गोली प्रहार गरेर उनलाई मारिएको थियो।

‘आर्टिफिसियल इन्टेलिजेन्स’सहितको स्याटलाइट नियन्त्रित मेसिनगन एउटा पीकअप गाडीमा राखेर फक्रिजादेको हत्या गरिएको इरानको रेभुलस्नरी गार्ड्सका सहायक रथी अलि फदवीले दाबी गरेका छन् ।

छेवैमा रहेकी वैज्ञानिककी श्रीमतीलाई कुनै असर नगरीकन ती वैज्ञानिकको अनुहार पहिचान गरेर तेह्रवटा गोली हानिनुले पनि त्यसको पुष्टि गर्ने फदवीले बताएका छन् ।

इरानका सर्वोच्च नेता अयातोल्हा अली खामेनेईले उक्त हत्याको बदला लिइने चेतावनी दिएका छन् ।

इरानले घटनामा इजरायलको संलग्नता रहेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १२ : ३९ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको