टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशको अंकुश « Khabarhub

टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशको अंकुश


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् ।

चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटक मार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

तर संघीय न्यायाधीशले ट्रम्प प्रशासनका तर्फबाट वाणिज्य मन्त्रालयले प्रस्तुत गरेका तर्कहरु पर्याप्त नभएको आदेश जारी गरेका छन् । ट्रम्प प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउने क्रममा आफ्नो अधिकार क्षेत्र नाघेको र एकपक्षीय एवं स्वेच्छाचारी निर्णय गरेको न्यायाधीशको आदेशमा उल्लेख छ ।

ट्रम्प प्रशासनले बाइटडान्सलाई अमेरिकामा टिकटक हेर्नका लागि अमेरिकी कम्पनीलाई बिक्री गर्न अनुमति दिनु भएको थियो । तर हालसम्म अमेरिकी कम्पनीहरुसँग संझौताका लागि वार्ताहरु भए पनि निर्णय भइसकेको छैन ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १२ : ५६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु