भक्तपुरको चागुँनारायणमा १०० फिट अग्लो त्रिशुल स्थापना गरिने  « Khabarhub

भक्तपुरको चागुँनारायणमा १०० फिट अग्लो त्रिशुल स्थापना गरिने 


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशुल स्थापना हुने भएको छ ।

महाँकाल त्रिुशलडाँडा उपभोक्ता विकास संंस्थाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाँकाल त्रिशुलडाँडा परिसर चाँगुनायारण ५ मा १०० फिट अग्लो त्रिशुल तथा ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापनाको घोषणा गरेको हो ।

उक्त त्रिशुल निर्माणको अनुमानित लागत ४ करोड ४२ लाख ११ हजार ९१३ रहेको आयोजकले जनाएको छ । भित्री भागमा फलाम र बाहिरी भागमा तामाको धातुले निर्माण हुन लागेको त्रिशुलको तल्लो भागमा करिब १ सय ५० जनासम्म अट्न सक्ने ध्यान केन्द्र समेत निर्माण हुने बताइएको छ ।

मुलकोटगढीमा विश्वकै अग्लो त्रिशुल बाहेक ५५ फिट अग्लो गोरखनाथको मन्दिर, मुलकोटगढी द्धार, सत्तल, त्रिशुलडाँडादेखि साँखुसम्म जोड्ने सिडीमार्ग लगायत निर्माण गर्ने गुरुयोजना समेत रहेको छ ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता बिमलेन्द्र निधिले त्रिशुल स्थापना गर्नु ठूलो काम भएको भन्दै सबैको सहयोग आवश्यक रहने जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ३२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग