शिक्षक श्रेष्ठ ‘हत्या’बारे विप्लव नेकपाले भन्यो : प्रतिकारका क्रममा ज्यान गयो  « Khabarhub

शिक्षक श्रेष्ठ ‘हत्या’बारे विप्लव नेकपाले भन्यो : प्रतिकारका क्रममा ज्यान गयो 


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठ ‘हत्या’को जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

नेकपाको मेची–कोशी ब्यूरोले प्रेस वक्तव्य जारी गर्दै शिक्षक श्रेष्ठको मृत्यु प्रतिकारका क्रममा भएको दाबी गरेको हो ।

मेची–कोशी ब्यूरो इन्चार्ज प्रतापद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ- ‘उनलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव आज मिक्लाजुङ गाउँपालिका–१ को जंगलमा विभत्स अवस्थामा भेटिएको थियो ।

शिक्षक श्रेष्ठसँग नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा मागेको उनको परिवारले बताएको छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : २३ बजे

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत