न्याम्समा खुल्यो डीएम तथा एमसीएचमा नयाँ भर्ना « Khabarhub

न्याम्समा खुल्यो डीएम तथा एमसीएचमा नयाँ भर्ना


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा नयाँ शैक्षिक सत्रमा डीएम तथा एमसीएचमा भर्ना खुलेको छ । न्याम्सले बुधबार एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७६/७७ का लागि डीएम र एमसीएच तहमा भर्ना खुलेको जानकारी दिएको हो ।

न्याम्सले डीएम कार्डियोलोजीमा ३ जना, हेप्टोलोजीमा २ जना ग्यास्ट्रोइन्ट्रोलोजीमा ३ जना, नेफ्रोलोजीमा २, मेडिकल अंकोलोजीमा २ जनाका लागि भर्ना खुला गरेको हो ।

यस्तै एमसीएच सर्जिकल ग्यास्ट्रोइन्ट्रोलोजीमा १ जना, युरोलोजीमा २ जना, न्युरोसर्जरीमा २ जना, प्लास्टिक एण्ड रिकन्स्ट्रक्टीभ सर्जरीमा ३ जना, थोरासिक भास्कुलर सर्जरीमा २ जनाका लागि भर्ना खुलाएको हो ।

न्याम्सको नयाँ शैक्षिक सत्रका लागि खुल्ला गरीएको डीएम तथा एमसीएचमा भर्ना हुन मान्यता प्राप्त शैक्षिक संस्थाबाट एमडी र एमएस वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

यस्तै नेपाल मेडिकल काउन्सिलबाट विशेष चिकित्सकको दर्ता प्रमाणपत्र ( विशेषज्ञ लाइसेन्स) प्राप्त चिकित्सकले मात्र डीएम तथा एमसीएचमा भर्ना पाउनेछन् ।

यस्तै न्याम्समा कार्यरत चिकित्सकको हकमा कानुनबमोजिम अध्ययन विदा पाउन योग्य भएका र अन्य चिकित्सकको हकमा मान्यता प्राप्त स्वास्थ्य संस्थामा कम्तीमा एक वर्षको कार्य अनुभव हुनुपर्ने न्याम्सले जनाएको छ ।

डीएम तथा एमसीएच तहमा नयाँ भर्नाका लागि न्याम्सले अनलाइन फारमको व्यवस्था गरेको छ । भर्ना हुन चाहने विद्यार्थीले पुस २५ गतेदेखि माघ १६ गतेसम्ममा अनलाइनमार्फत फारम भर्नुपर्ने छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : २५ बजे

‘कर्णाली तिर’को ट्रिजर सार्वजनिक

काठमाडौं – गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’को ट्रिजर

निजी क्षेत्रलाई निर्धक्क भएर व्यवसाय गर्न सरकारको आग्रह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयारी

कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण

बुनिया- कङ्गोको पूर्वी भागमा ‘इबोला’ भाइरसको प्रकोप तीव्र बन्दै गएको

बजेट लेखन अन्तिम चरणमा

काठमाडौं– सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक