सेनाले जितगढी भिक्ट्री म्याराथन आयोजना गर्ने « Khabarhub

सेनाले जितगढी भिक्ट्री म्याराथन आयोजना गर्ने


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेपाली सेनाले सेनाको इतिहास प्रवर्द्धन, रुपन्देहीको बुटवलस्थित जितगढी किल्लाको संरक्षण, प्रचारप्रसार तथा नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने उद्देश्यले ‘भिक्ट्री म्याराथन तथा युनिटी रन’ आयोजना गर्ने भएको छ ।

सेनाले यही पुस २७ गते राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा मध्य पश्चिम पृतना बुटवलको संयोजकत्वमा पुरुष तथा महिला म्याराथन प्रतियोगिता गर्न लागेको हो ।

नेपालको राष्ट्रिय पहिचानका रुपमा रहेका गढी एवम किल्लालाई व्यवस्थित गर्न तथा तिनको जगेर्ना गर्न प्रतियोगिता आयोजना गर्न लागेको सेनाले जनाएको छ ।

नेपाल एकीकरणको क्रममा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले बुटवलको जितगढी, नुवाकोटको नुवाकोटगढीलगायत स्थानमा भएको आक्रमणलाई विफल पारी विजय हासिल गरेकाले नेपाली सेनाको इतिहासमा बुटवलको जितगढी तथा नुवाकोटगढीको विशेष महत्व रहेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा पुरुष तथा महिला म्याराथनतर्फ पहिलो हुनेले रु एक लाख, दोस्रो हुनेले रु ५० हजार तथा तृतीय हुनेलाई रु २५ हजार पुरस्कार प्रदान गरिनेछ । पुरुष तथा महिला हाफ म्याराथनतर्फ पहिलोले रु रु ५० हजार, दोस्रोले रु २५ हजार, तृतीयले रु १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताबाट जनमानसमा देशभक्तिको भावना पैदा हुने तथा नेपाल भ्रमण वर्षलाई मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ६ : ०१ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको