डेटिङ गएकी २१ वर्षीया युवतीले अपहरणमा परेको बाहान बनाएपछि... | Khabarhub Khabarhub

डेटिङ गएकी २१ वर्षीया युवतीले अपहरणमा परेको बाहान बनाएपछि…


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ प्रेम अन्धो हुन्छ । अर्थात प्रेममा पर्नेहरु जुनै हदसम्म जान पनि तयार हुन्छन् । प्रेममा पर्नेहरु घरमा झुट बोलेर बाहिर भेट्ने, भागेर जाने वा अनेकौं अप्ठेराहरुको सामना गर्न पछि पर्दैनन् ।

अभिभावकलाई छलेर डेटिङमा जानेहरु पनि धेरै हुन्छन् । तर भारतकी एक युवतीले भने प्रेमीसंग घण्टौ डेटिङमा रहेको बताउन नसकेर अभिभावकलाई आफू अपहरणमा परेको बाहान बनाएको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
जसका कारण प्रहरी प्रशासन सहित अपराध शाखामा समेत हंगामा भएको थियो । भारतको नागपुरकी २१ बर्षिय एक युवती आफ्नो प्रेमीका साथ डेटिङ लामो समय डेटिङमा थिइन् ।

ढिलो घर पुगेपछि परिवारका सदस्यले उनलाई ढिलो आउनुको विषयमा केरकार गर्न थाले । उनले आफू डेटिङमा रहेको बताउन सकिनन् र आत्तिदै कलेजबाट फर्कदा चारजना पुरुषको समुहले अपहरण गरेको र त्यहाँबाट भाग्न सफल भएको बताइन् ।

युवतीका परिवारजनले तत्काल गिट्टीखदान प्रहरी चौकिमा छोरी अपहरणमा परेको निवेदन दिए । युवती अपहरणमा परेको निवेदन परेपछि प्रहरीले बेलुकी ८ बजेबाट हरेक नाकामा प्रहरीले सक्रियता बढायो । तर अपहरणकारीको कुनै सुराक पत्ता लगाउन सकेन ।

घटना गम्भिर भएको भन्दै प्रहरीले थप सहायता माग्यो र अपराध शाखाको टोली समेत अपहरणकारीको खोजीमा जुट्यो । प्रहरीले ति युवतीलाई अपहरणमा परेको स्थानमा पुर्याउन अनुरोध गरे ।

युवतीले पनि मनगणन्ते स्थानमा पुर्यायएर सो स्थानबाट आफू अपहरित भएको बयान दिइन् । युवतीको बयान अनुसार प्रहरीले रातभर अपहरणकारीको खोजी गरे । तर पत्ता लगाउन सकेनन् ।

अब प्रहरीलाई युवतीमाथि नै शंका भयो । तब उनीहरुले कलेजका आसपासमा रहेको सीसीटिभी फुटेज जाँच गरे । जहाँ युवती एक युवकका साथ मोटरसाइकलमा सवार भइ गएको देखियो ।

जब सीसीटिभी फुटेज बाहिरियो तब मात्र युवतीले अपहरणमा परेको कहानी झुटो भएको स्वीकारिन् । प्रहरीका अनुसार उनी कलेजबाट आफ्नो प्रेमीका साथ डेटिङ गएकि थिइन् । डेटिङमा लामो समय बिताएपछि उनका प्रेमीले ती युवतीलाई घरअघि सम्म पुर्याएका थिए । यसरी घण्टौ डेटिङमा रहेको कारण परिवारजनले गाली गर्ने भन्दै त्यसबाट बच्न उनले आफू अपहरणमा परेको झुटो कहानी सुनाएकी थिइन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : ५९ बजे

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।

प्रधानमन्त्री कार्कीसँग दक्षिण कोरियाका राजदुत पार्कको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत