६ महिनादेखि आफन्तको पर्खाइमा छिन् दार्जिलिङकी डिकी तामाङ « Khabarhub

६ महिनादेखि आफन्तको पर्खाइमा छिन् दार्जिलिङकी डिकी तामाङ


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा विगत ६ महिनादेखि एक महिला बेवारिसे अवस्थामा रहेकी छन् ।

प्रहरीले सडकबाट उद्धार गरी ६ महिना अगाडि अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिदिएको थियो । उनी हाल रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक कोही पनि लिन नआएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले महिलाको आफन्त खोजी दिन वा संरक्षण गरिदिन सरोकारवाला निकायसमक्ष अनुरोध गरेको छ ।

राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न नसक्ने ती महिला आफू भारतको दार्जिलिङ बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् । कसरी नेपाल आइन भन्ने उनी स्वयंलाई थाहा छैन । उनले छिरिङ नाम गरेको आफ्नो छोरो रहेको जानकारी दिएकी छिन् । दोहोरो कुराकानीसमेत गर्न नसक्ने उनी आफ्नो नाम डिकी तामाङ भएको बताउँछिन् ।

करिब ६० वर्षीया उनलाई प्रहरीले खुट्टा भाँचिएको अवस्थामा उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो । अस्पतालको मेडिकल वार्डका इञ्चार्ज बिपी चौधरीले आफन्तको खोजी गरे पनि पत्ता लाग्न नसेको बताउनुभयो ।

‘रेखदेख गर्ने आफन्त नभएका कारण अस्पतालले उनको सरसफाइमा दैनिक १०० रुपैयाँ खर्च गरिरहेको छ,’ उनले भने, ‘बिरामी आफैँ हिँड्डुल गर्न सक्ने अवस्था छैन ।’

सामाजिक अभियन्ता पुण्यप्रभा सुब्बाले महिलाका आफन्तको खोजीका लागि सक्रिय भएको बताइन् ।  विभिन्न सञ्चारमाध्यम तथा सम्पर्क व्यक्तिमार्फत महिलाको आफन्तको खोजी गरिरहेको सुब्बाले बताइन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १० : ४१ बजे

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा