६ करोड बढी खर्च गरिएका एम्बुलेन्समा लाग्दैन ब्रेक : दुर्घटना हुने डरले चलाउनै छाडियो | Khabarhub Khabarhub

६ करोड बढी खर्च गरिएका एम्बुलेन्समा लाग्दैन ब्रेक : दुर्घटना हुने डरले चलाउनै छाडियो


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् ।

सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स दुर्घटना हुने जोखिमको डरले कतिपय चालकले त चलाउनै छोडिसकेको बताइएको छ । डोटी जिल्ला अस्पतालमा आएको नयाँ एम्बुलेन्सका चालक रतन धामीले सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्स थन्क्याएर पुरानै एम्बुलेन्स चलाइरहेको बताए ।

मन्त्रालयले दिएको नयाँ एम्बुलेन्स (गाडी)को ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, ओरालोमा गाडी तात्तिएर अत्यन्त गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, अलिकति गति लिनखोजे पल्टिनेलगायतका समस्या भएको चालक धामीले बताए ।

‘नयाँ एम्बुलेन्स चलाउनु त जोखिम मात्र छ, त्योभन्दा पुरानै ठीक छ, जोखिम मोलेर के यस्तो एम्बुलेन्स चलाउनु,’ धामीले भने ।

मन्त्रालयले दिएकोभन्दा विभिन्न सङ्घ संस्थाले दिएका पुरानै एम्बुलेन्स चलाउन सजिलो र सुरक्षित लाग्ने गरेको अर्का एम्बुलेन्स चालक भीम विष्टले बताए । उनले भने, ‘एम्बुलेन्स पुराना छन्, रङ रोगनले मात्रै नयाँ भएको हो, त्यसैले चलाउनै डरलाग्छ ।’

मन्त्रालयले बाँडेका एम्बुलेन्स धामधम बिग्रिन थालेको चालक बताउँछन् । ग्राउण्ड क्लिरियन्स पनि अत्यन्त कम भएका कारण पहाडी कच्ची सडकमा ती एम्बुलेन्स चलाउन अत्यन्त कठिनाइ भइरहेको उनीहरुको दाबी छ ।

निःशुल्क प्रदान गरिएका एम्बुलेन्समा ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क र सुत्केरीलाई ५० प्रतिशत शुल्क लिएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले दिएका एम्बुलेन्स अति जोखिमपूर्ण र खर्चिला भएका कारण चलाउन सक्ने अवस्था नभएको जिल्ला अस्पतालले जनाएको छ ।

कतिपय एम्बुलेन्सको इसिजी मनिटर पनि खसिसकेको दाबी चालकहरुको छ । एम्बुलेन्स दिए पनि सबै सुविधा र साम्रगी भने नदिइएको स्वास्थ्यचौकी र अस्पतालका कर्मचारीले गुनासो छ ।

मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले कतिपय एम्बुलेन्समा ब्रेकको समस्या रहेको गुनासो आउने गरेको स्वीकार गरे । ‘

चिकित्सक, परिचालिका र सघन उपचार कक्षसहितको सुविधा हुने भनिएको एम्बुलेन्समा इसिजी सेवामात्र रहेको पनि चालक बताउँछन् । मन्त्रालयले कात्तिक २० गते सुदूरपश्चिमका विभिन्न अस्पतालमा १६ एम्बुलेन्स वितरण गरेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले एम्बुलेन्स खरीदका लागि आर्थिक वर्ष २०७५/०७६ मा ६ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये ६ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँमा १६ वटा एम्बुलेन्स खरिद गरिएको थियो ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ११ : २७ बजे

२५ प्रकारका नयाँ औषधी दर्ता गर्ने विभागको निर्णय 

काठमाडौं– औषधी व्यवस्था विभागले २५ प्रकारका नयाँ औषधी दर्ता गर्ने

बैंकिङ क्षेत्रको नाफा बढ्यो, वाणिज्य बैंक समूह अगाडि

काठमाडौं– बैंकिङ क्षेत्रको नाफामा वृद्धि भएको छ । नेपाल राष्ट्र

१६ महिनापछि स्थापना भयो भूकम्प पुननिर्माण आयोजना इकाई 

सुर्खेत– भूकम्प गएको १६ महिनापछि भूकम्प पुननिर्माण आयोजना इकाई कार्यालय

डा. सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी, दोस्रो पटक सोधियो स्पष्टीकरण 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौँ तह) का

रुपन्देही अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पुगेका