असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुलाई देउवाले भनेः महाधिवेशनको मिति हेरफेर हुँदैन « Khabarhub

असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुलाई देउवाले भनेः महाधिवेशनको मिति हेरफेर हुँदैन


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति हेरफेर गर्न नसकिने स्पष्ट पारेका छन् ।

विहीवार विहान आफ्नै निवास बूढानिलकण्ठमा काठमाडौंमा भेला भएका कांग्रेस जिल्ला सभापतिहरुसँगको भेटघाटमा देउवाले केन्द्रीय कार्यसमिति बैठकबाट पास भएको महाधिवेशनको मिति हेरफेर गर्न नसकिने तर पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको बताएका हुन् ।

आफूले समस्या समाधानका लागि पहल गरेपति केही नेताहरु बैठकमा सहभागी नभएको र पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भएकाले निर्णयहरु भएको देउवाले जिल्ला सभापतिहरु सँगको भेटमा बताएका थिए ।

देउवासँगको भेटका लागि पुगेका नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह सभापति लचिलो भएर प्रस्तुत भएको बताए ।

सभापति शेरबहादुर देउवाको भनाइ उद्धृत गर्दै केसीले भने, ‘पार्टी सबैको साझा हो । पार्टी बलियो बनाउन मिलेर जानुको विकल्प छैन । त्यसका लागि म हदैसम्म लचिलो हुन तयार छु ।’

सोमबारदेखि पार्टी कार्यालयमा भेला भएका संस्थापन इतरका जिल्ला सभापतिहरुको भेला असन्तुष्ट पक्षाले राखेको थियो ।

पार्टी सभापति बहुमतको आधारमा अघि बढ्न खोजेको, बहुमतका आधारमा अर्को पक्षलाई पेलेर अघि बढ्न खोलेको, महाधिवेशनको कार्यतालिका, विभागहरुको संख्या, तरुण दलको समय थप लगायतका विषमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाको असन्तुष्टि रहेको छ ।

असन्तुष्ट नेताहरुले सभापति देउवालाई दवाव दिनका लागि आफू पक्षधर जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरि छलफल गरेका थिए । तीन दिन सम्म चलेको भेलाले पुस ११ गते बहुमत केन्द्रीय सदस्यहरुले गरेको निर्णय सच्याउनुपर्ने, पार्टीमा भागवण्डा अन्त्य गर्नुपर्ने जस्ता विषय निष्कर्ष निकालेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ३ : २० बजे

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं– भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको  छ ।

कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा रास्वपाको विधान संशोधन कार्यदल गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकले

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्