प्रदेश नम्बर १ मा ५ दशमलव २५ प्रतिशतले घट्यो धानको उत्पादन « Khabarhub

प्रदेश नम्बर १ मा ५ दशमलव २५ प्रतिशतले घट्यो धानको उत्पादन


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ का १४ वटै जिल्लामा कूल ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान उत्पादन भएको छ । गएको वर्षभन्दा यस वर्ष ६२ हजार ९२५ मेट्रिकटन धान कम उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन ५ दशमलव २५ प्रतिशतले घटेको हो ।

खडेरी लाग्नु, किसानले समयमै रासायनिक मल नपाउनु र फौजी कीराको प्रकोप बढ्नुका कारण धान उत्पादन कम भएको कृषि निर्देशनालय कार्यालय विराटनगरका निमित्त प्रमुख प्रकाश डाँगीले जानकारी दिए । प्रदेशभरिमा धानको उत्पादकत्व ३ दशमलव ७४४ प्रतिहेक्टर हो । यस वर्षा ९३ दशमलव ९३ प्रतिशत खेतीयोग्य जमिनमा रोपाइँ भएको थियो । प्रदेश नम्बर १ मा यस वर्ष ३ लाख २० हजार १३४ हेक्टर जग्गामा धान खेती गरिएको थियो ।

समग्रमा हेर्दा सुनसरी, मोरङ र झापाको उत्पादन हेर्दा सबैभन्दा राम्रो देखिन्छ । यी तीन जिल्लाको कूल उत्पादन ९ लाख ३५ हजार ३ सय ७१ मेट्रिक टन हो । उत्पादकत्व झापाको ४ दशमलव ५, मोरङको ४ दशमलव १ र सुनसरीको ४ दशमलव १  छन् । प्रदेश नं १ को पहाडका ११ जिल्ला र तराईका तीन जिल्लाको उत्पादनलाई तुलना गर्दा तराईको उत्पादन अत्यन्त राम्रो देखिएको कृषि निर्देशनालय कार्यालय विराटनगरका निमित्त प्रमुख प्रकाश डाँगीले बताए ।

पहाडका जिल्लाको कूल उत्पादन २ लाख ६३ हजार ३६९ मेट्रिक टन हो । उत्पादकत्व सबैभन्दा बढी झापाको ४ दशमलव ५ र सबैभन्दा कम खोटाङको १ दशमलव ७५ रहेको पाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ४ : २३ बजे

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन