फोटोकपी मेसिनबाट नक्कली नोटको छपाइ, डिजाइनरदेखि ‘बजार प्रतिनिधि’सम्म पक्राउ « Khabarhub

फोटोकपी मेसिनबाट नक्कली नोटको छपाइ, डिजाइनरदेखि ‘बजार प्रतिनिधि’सम्म पक्राउ


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फोटोकपी मेसिनको प्रयोग गरी नक्कली नोट (खोटा मुद्रा) छाप्ने समूहका ४ जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं उपत्यकालाई आधार बनाएर नक्कली मुद्रा छापी बजारमा वितरण गर्दै आएका ४ जनाको समूहलाई पक्राउ गरेको हो । सीआईबीले पक्राउ परेकाहरुको साथबाट ४ लाख १३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–७ घर भइ काठमाडौंको माछापोखरी बस्ने २९ वर्षीया कमल बुढाथोकी भनिने कोवी राम बुढाथोकी, काभ्रेको पाँचखाल घर भएका ३२ वर्षीय बलबहादुर रानामगर, डोटीको पूर्वी चौकी गाउँपालिका–३ घर भएका २४ वर्षीय आर्यन खड्का र धनकुटाको जोरपटी गाउँपालिका–३ घर भएका २६ वर्षी छत्रबहादुर लिम्बु छन् ।

सीआईबीका अनुसार पक्राउ परेकामध्ये बलबहादुर राना मगरले नक्कली नोट छाप्ने गरेका थिए । उनले केही फोटोकपी मेसिन, कलर प्रिन्टर गरेर १००० दरको नक्कली नोट छाप्ने गर्थे प्रहरीले उनको साथबाट नोट छाप्न प्रयोग हुने प्रिन्टर, फोटोकपी मेसिन र कम्प्युटर लगायतका सामग्री बरामद गरेको छ ।

नोट बनाउनका लागि २४ वर्षीय आर्यन खड्काले ग्राफिक डिजाइन तयार पार्दथे । सीआईबीले उनको साथबाट २५ हजार बराबरको नक्कली नोट बरामद गरेको छ ।

काठमाडौंको गोंगबुमा एउटा कोठा नै भाडामा लिएर उनीहरुले नक्कली नोट छाप्ने गरेका थिए । छापिएका नोटहरुलाई कमल भिनने कोवीराम बुढाथोकी र छत्रबहादुर लिम्बुले बजारमा पु¥याउने गरेका थिए । सीआईबीले कोवीरामको साथबाट २ लाख ९८ हजार बराबरको नक्कली नोट समेत बरामद गरेको छ ।

सीआईबीले पक्राउ परेका ४ जनामाथि मुलुकी अपराध संहिताको मुद्रा सम्बन्धी कसुरअन्तर्गत छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

मुलुकी फौजदारी संहिता, २०७४ को दफा २५६ मा मुद्रा सम्बन्धी कसुर गर्ने व्यक्तिलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ४ : ५६ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।