खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ « Khabarhub

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून समिति बैठकमा मन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा गृह सचिव तथा प्रहरी प्रमुखप्रति भएको व्यवहार र प्रस्तुतिप्रति आपत्ति जनाउँदै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । 

रास्वपा सांसद खगेन्द्र सुनारलाई लक्षित गर्दै उनले कसैलाई न्यायाधिश नबनेर दाेषी करार गर्न नमिल्ने बताए।

सांसद सुनारले लेखा समितिको बैठकमा बोल्दै प्रहरीको पोसाक खरिद प्रकरणमा अनियमितता भएको भन्दै आइजीपीमाथि छानबिनको माग गरेका थिए।

उजुरीको भरमा कोही पनि न्यायाधीश बन्न नमिल्ने मन्त्री गुरुङको भनाइ छ । उनले वर्तमान सरकारको स्पिरिटमा प्रहरी प्रशासन दिनरात खटिरहेको धारणा राखे । 

मन्त्री गुरुङले कारागारभित्र ‘नाइके, भाइनाइके र चौकीदार’ नियुक्तिमा हुने विकृति तथा जेललाई कमाउने माध्यम बनाउने प्रवृत्तिका कारण हाललाई यो नियुक्ति प्रक्रिया रोकिएको जानकारी दिए ।

अबदेखि चौकीदार नियुक्तिका लागि पारदर्शी मापदण्ड लागू गर्न आफूले निर्देशन दिइसकेको उनको भनाइ छ । 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  २ : ४२ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको