सेल्फीडाँडामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु « Khabarhub

सेल्फीडाँडामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिका–२ बिपी राजमार्गअन्तर्गत सेल्फीडाँडा नजिक टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौँको बा २ क ५ नम्बरको मिनी आइचर टिफर अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा टिपरमा सवार दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको उनले बताए । टिपर सडकबाट अन्दाजी २५० फिट तल खसेको छ । मुत्यु हुनेमा मकवानपुर जिल्ला टिस्टुङ पालुङ बस्ने अन्दाजी वर्ष २३ को चालक अस्बिन विष्ट र ललितपुर जिल्ला चुनीखेल बस्ने अन्दाजी वर्ष २२ को विशाल खड्का रहेका छन् ।

खड्का सडक विभाग वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौँको सुपर भाइजर रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : ४७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका