कमलसिंह ऐरीको राष्ट्रिय टोलीबाट डेब्यु, नेपालले ६ ओभरमा बनायो १८ रन « Khabarhub

कमलसिंह ऐरीको राष्ट्रिय टोलीबाट डेब्यु, नेपालले ६ ओभरमा बनायो १८ रन


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत आफ्नो तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरहेको नेपालले १८ रन बनाएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ६ ओभरमा विना विकेटको क्षतीमा नेपालले १८ रन बनाएको छ ।

नेपालका लागि ओपनर द्वय कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल क्रिजमा छन् । दुवैले ९/९ रन बनाएका छन् ।

ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । जसमा यसअघि लगातार दुई खेल खेलेका अभिनास बोहराको स्थानमा कमलसिंह ऐरीले टोलीमा स्थान बनाएका छन् ।

कमल पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । ओमानव्रिद्धको खेल राष्ट्रिय टोलीबाट खेलेको पहिलो खेल हो ।

एकदिवसिय शृङ्खलामा डेब्यु अवसर पाएका ऐरीको प्रदर्शन भने यसअघिका खेलका नेपालका डेब्यु गरेको खेलाडीको जस्तो हुन्छ हुँदैन भन्ने हेर्न बाँकी छ ।

यसअघि एकदिवसियमा डेब्यु गरेका सुशन भारीले डेब्यु खेलमा ५ विकेट लिएका थिए भने कुशल मल्लले अर्धशतकिय किर्तिमानी इनिङ खेलेका थिए ।

लिग २ अन्तरगत नेपाल अमेरिका र ओमानबीचको शृङ्खलामा नेपालले शनिबार पहिलो जीत हात पारेको थियो । लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खला विश्वकप २०२३ को रोडम्यापसमेत हो । यसको शीर्ष ३ टाली दोस्रो चरणको क्वालिफायरमा पुग्नेछन् भने पुछारका ४ टोली च्यालेन्जर खेल्नेछन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ५७ बजे

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको