टिप्पर चालकसँग लिएको घुससहित ट्राफिक प्रहरी जवान पक्राउ | Khabarhub Khabarhub

टिप्पर चालकसँग लिएको घुससहित ट्राफिक प्रहरी जवान पक्राउ


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपेन्देहीको खैरेनीस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत ट्राफिक प्रहरी जवान छबिलाल पोखरेल घुस रकमसहित पक्राउ परेका छन् ।

टिप्पर चालक तथा धनीहरुसँग आवत–जावतमा सहज पारिदिनेभन्दै लिएको ३ हजार रुपैयाँ घुससहित प्रहरी जवान पोखरेल पक्राउ परेका हुन् ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।

पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १० : ४६ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले