एकदिवसिय क्रिकेटमा दुई अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने कप्तान मल्ल « Khabarhub

एकदिवसिय क्रिकेटमा दुई अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने कप्तान मल्ल



काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तरगत ओमानविरुद्धको खेलमा अर्धशतक पूरा गरेका ज्ञानेन्द्र मल्लले एकदिवसिय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका छन् ।

ओमानविरुद्धको खेलमा ७० बलको सामना गर्दै ६ चौका र एक छक्काको मद्दतमा ५३ रन बनाउँदै उनले अर्धशतक पूरा गरेका हुन् ।

नेपालले २०१८ मा एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता पाएपछिको पहिलो एकदिवसिय शृङ्खला नेदरल्यान्ड्ससँग खेलेको थियो । उक्त खेल नै मल्लका लागि एकदिवसिय डेब्यु खेल थियो ।

अगस्ट १ र ३ मा नेपालले आफ्नो पहिलो एकदिवसिय खेल खेलेको थियो । उक्त पहिलो खेलमा नेपालका लागि ओपनर मल्लले नेपालका लागि पहिलो अर्धशतक बनाएका थिए ।

उनले उक्त खेलमा ५१ रन बनाएका थिए । जुन नेपालका लागि एकदिवसिय क्रिकेटमा पहिलो अर्धशतक समेत थियो । आइतबार किर्तिपुरमा जारी खेल नेपालको एकदिवसिय क्रिकेटको नवौं खेल हो ।

पहिलोदेखि नवौं खेल सम्म आइपुग्दा मल्लले दोहोरो अर्धशतक बनाएका छन् । नेपाली क्रिकेट टोलीमा एक दशक लामो समय खेलिरहेका उनी खेलाडी, उपकप्तान हुँदै अहिले टोलीको नेतृत्वमा छन् ।

मल्ल नेपाल डिभिजन ५ मा रहँदा देखि एकदिवसिय मान्यता पाउन सम्म नेपाली टोलीको नियमित सदस्य रहँदै आएका छन् ।

ज्ञानेन्द्र मल्ल उमेर समूहहुँदै सिनियर टोलीसम्म आइपुगेका खेलाडी हुन् । उनले यु–१५, यु–१७ र यू–१९ टोली हुँदै सिनियर टोलीमा स्थान पक्का गरेका हुन ।

मल्लले २००६ मा श्रीलंकामा भएको यु–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि त्यहीँ बर्ष नेपालले मलेसियासँग खेलेको ‘फोर डे’ क्रिकेटको टोलीमा अटाएका थिए । तर, मैदान उत्रिने अवसर उनले पाएनन् ।

मल्लको ‘थ्रि डे’ क्रिकेटको डेब्यु भने नामिबियामा २००६ मार्चमा भएको खेलबाट गरेका थिए । तर, ५० ओभरमा मल्लको डेब्यु २००६ मै मलेसियामा भएको एसीसी ट्रफीमा कुवेतविरुद्धको खेलबाट भएको थियो ।

उक्त डेब्यु खेलमा मल्लले अर्धशतकसहित ७९ रन बनाउँदा नेपालले कुवेतमाथि जित दर्ता गरेको थियो । कुवेतविरुद्धको उक्त खेलमा मल्लले परेश लोहनीसँग नेपाली टोलीको ओपनिङ सम्हालेका थिए ।

मल्ल कुवेतविरुद्धको खेलमा ‘म्यान अफ दि म्याच’ समेत घोषित भए ।

अहिले ओपनरका रुपमा मैदानमा देखिने मल्ल शुरुवाती दिनमा मध्यक्रम ब्याटिङ गर्थे । उनको मध्यक्रमबाट ओपनरमा ट्रान्सफर भने नेपालले २००६ को एसीसी ट्रफीमा मलेसिया जानु अघि पाकिस्तान भ्रमण गर्दा देखि हो ।

मल्लले टि२० आई २००९ मा हङकङविरुद्ध गरेका थिए भने एकदिवसियमा उनले अहिलेसम्मका सबै खेल खेलेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ११ : २५ बजे

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं– पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल

सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप

सुनसरी– सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का