विकेन्डमा विराजको ‘साङ्लो’ हेर्न उर्लिए दर्शक « Khabarhub

विकेन्डमा विराजको ‘साङ्लो’ हेर्न उर्लिए दर्शक


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयपछि नेपाली फिल्म उद्योगमा कमब्याक गरेका विराज भट्टलाई दर्शकले साथ दिएका छन् । शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘साङ्लो’ हेर्न दर्शकको बाक्लो उपस्थिति देखियो । शनिवार राजधानीका कतिपय हल हाउसफूल भए ।

सिङ्गल थिएटरमा दर्शकको साथ रहे पनि विराजको ‘साङ्लो’ ले मल्टिप्लेक्समा पनि दर्शकको साथ पायो । फिल्मका वितरक गोपाल कायस्थका अनुसार फिल्मले शुक्रवार र शनिवार दर्शकको उल्लेख्य साथ पायो । उनका अनुसार मल्टिप्लेक्स हलमा पनि दर्शकले भरिएका थिए ।

‘शनिवार दर्शकको साथ उल्लेख्यजनक थियो,’ वितरक कायस्थले भने ।

उनको दाबीअनुसार शुक्रवार ५५ प्रतिशत अकुपेन्सी रहँदा शनिवार ८० प्रतिशत बढी दर्शकको सहभागिता थियो ।

फिल्मले मोफसलका सिङ्गल थिएटर हलमा पनि दर्शकको साथ पाएको छ । मोफसल बाहिर वितरणको जिम्मा लिएको एफडी कम्पनीले फिल्मले सकारात्मक व्यापार गरेको जनाएको छ ।

लामो समयदेखि हलमा फिल्मले दर्शकको साथ पाएका थिएनन् । विराजको फिल्मले सिङ्गल थिएटरमा सम्भावना देखाएको छ ।

यस्तै फिल्म निर्माण टिम शनिवार दर्शकको प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हलमा पुगेको थियो । अभिनेता तथा निर्देशक विराज भट्ट, निकिता चाण्डक, वितरक गोपाल कायस्थ लगायत राजधानीका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएका थिए ।

अभिनेता विराज भट्ट र नायिका निकिता चाण्डक यो फिल्मबाट पाएको दर्शकको मायाले खुशी देखिन्थे । विराजले आफ्ना प्रशंसकबाट तारिफ पाएका थिए । फिल्ममा देखाइएको एक्सन पक्ष मन परेको दर्शकको प्रतिक्रिया थियो ।

यो फिल्ममा विराज भट्टको लगानी समेत रहेको छ । यस्तै फिल्ममा विराज र निकिता शीर्ष भूमिकामा छन् भने जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।

फिल्मले सिङ्गल थिएटरमा राम्रो व्यापार गरे पनि मल्टिप्लेक्स हलमा भने धेरै शो पाउन सकेको छैन ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : १८ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,