‘जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्छ’ « Khabarhub

‘जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्छ’


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको बताउँदै त्यसका कारण र प्रभावका साथै जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वतयारीका सन्दर्भमा आज राजधानीमा आयोजना गरेको सगरमाथा राष्ट्रिय संवादको उद्घाटन गर्दै हाम्रा हिमाल, जीवन पद्धति र पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण सङ्कटमा परेका यथार्थ सुनाए ।

जलवायु परिवर्तनले परेका असर र प्रभावलाई घटाउन तथा अनुकूलनका लागि उत्थानशीलताको क्षमता अभिवृद्धि हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपाललगायत अतिकम विकसित राष्ट्र जलवायु परिवर्तनको जोखिममा रहेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तन गर्नमा विकसति राष्ट्रहरू जति जिम्मेवार छन्, नेपालजस्ता अति कम विकसित राष्ट्रहरूको भूमिका खासै छैन तर यिनै अतिकम विकसित राष्ट्र जलवायु परिवर्तनको बढी मारमा परेका छन् ।’

आगामी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको सन्दर्भमा जलवायु परिवर्तन र त्यसका असरका विविध पक्षमा चर्चा गर्दै उनले पर्वतीय राष्ट्र नेपाल हिन्दूकुश क्षेत्रमा रहेको र विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशृङ्खलामध्ये आठवटा नेपालमा रहेकाले नेपालीको शिर गर्वले उच्च रहेको भन्दै तिनलाई जलवायु परिवर्तनका दुष्परिणामबाट जोगाउन अपरिहार्य भएको बताए।

उनले भने, ‘नेपाल र नेपालीको परिचयलाई संसारमा उच्च बनाएका हिमालयले पृथ्वीको सतहलाई चिसो बनाइराख्न, जलचक्रलाई नियमन गर्न र वनस्पति, वन्यजन्तु तथा समग्र मानव जातिलाई आवश्यक अनुकूलित हुनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।’

हरितगृह ग्यास उत्सर्जन र तापक्रममा आएको वृद्धिले हाम्रा हिमशृङ्खला पग्लिन थालेका मात्र नभई सामाजिक र प्राकृतिक पद्धति खल्बलिइरहेको वास्तविकता औँल्याउँदै उपप्रधानमन्त्री पोखरेलले विगत ३० वर्षमा नेपालको तापक्रम शून्य दशमलव छ डिग्री सेल्सियसले बढेको वैज्ञानिक प्रतिवेदन उद्धृत गर्दै बताए ।

हरितगृह ग्यास उत्सर्जन, पृथ्वीको तापक्रममा आएको अप्रत्याशित वृद्धिले हिउँ पग्लने, हिमताल बन्ने, हिमताल फुट्ने जोखिम बढेको देशका केही भागमा पानीको अभावले खडेरी र मरुभूमिकरण बढेको विगतमा हराभरा पहाडी बस्तीमा खानेपानीको अभावले बसाइँसराइ गर्नुपर्ने बाध्यता थपिएको बर्खायाममा हुने अतिवृष्टिले पहाडमा बाढी र पहिरोको प्रकोप बढेको र तराईमा डुबानले आक्रान्त पारेको भन्दै उनले जलवायु परिवर्तनका नकारात्मक असरसँग सामूहिकरुपमा जुध्नुपर्ने बताए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : ३२ बजे

कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार लागि

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु

त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक

नेपाल भानुआटुसँग पराजित

काठमाडौं- आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर