विद्युत् विस्तार गर्न ११ हजार रूख कटान « Khabarhub

विद्युत् विस्तार गर्न ११ हजार रूख कटान


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभामा निर्माण भइरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन् ।

नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि यति सङ्ख्यामा रूख काटिएका हुन् ।

विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका मात्रै पाँच हजार ४०० रूख काटिएका डिभिजन वन कार्यालयका सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिए ।

अरुण तेस्रो जलविद्युत् परियोजना र कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि जिल्लाका १८ सामुदायिक वन क्षेत्रका रूख काटिएका बताइएको छ ।

विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका १४ हजारभन्दा बढी रूख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

अरुण तेस्रो आयोजनाका लागि मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्याम साइड र चिचिला गाउँपालिका दिदिङ पुखुवा पावर हाउसमा १२३.२२ हेक्टरका छ हजार २९४ रूख काटिसकिएका निर्माण कम्पनी सतलजले जनाएको छ ।

आयोजनाले ट्रान्समिशन लाइनका लागि ९० हेक्टरका सामुदायिक वन र निजी वनका छ हजार ९९७ रूख काट्नलाई निर्माण कम्पनीले नेपाल सरकारसँग माग गरेको थियो ।

अरुण तेस्रो परियोजनाको ५०१ ट्रान्समिशन लाइनमध्ये सङ्खुवासभामा ४३ ठूला टावर रहने कम्पनीले जनाएको छ ।

आयोजनास्थल ड्याम साइड र पावर हाउसमा लगिने ३३ केभी प्रसारण लाइनले ९९४ र २२० को कोशी करिडोरले ७३० रूख काटिने सहायक वन अधिकृत पराजुलीले बताए ।

उनका अनुसार ड्याम साइड, पावर हाउस पुखुवामा १२३.२२ हेक्टर, कोशी करिडोर ४.३७ हेक्टर र ३३ केभीका लागि ४.९८ हेक्टर क्षेत्रमा रूख काट्न मन्त्रिपरिषद्ले अनुमति दिई रूख काट्ने काम ९० प्रतिशत छ ।

विद्युत् प्रसारण लाइन हुने करीब दुई किलोमिटर लम्बाइ र ४६ मिटर चौडाइ क्षेत्रका रूख काट्नु पर्नेछ । अरुण तेस्रो जलविद्युत् परियोजनाले मकालु राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४.१८ हेक्टर वन प्रयोग गरेको छ ।

वन ऐनअनुसार विद्युत् प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक रूख बराबर २५ बिरुवा र अन्य वन क्षेत्रमा एक रूख बराबर दुई बिरुवा लगाउनुपर्ने कानूनी प्रावधान छ । जिल्लामा निर्माणाधीन रहेका साना तथा ठूला विद्युत् आयोजनाबाट १४ हजार २१ रूख काटिनेछन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : ३८ बजे

हरितालिका : टिकटक र सेल्फीमय पशुपति परिसर 

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको