छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचथर, सिन्धुली, चितवन र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

पाँचथर, फिदिम नगरपालिका-४ थापाटारस्थित सडकमा ग.१ त ३७९९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा चालक माझिटार बस्ने २६ वर्षीय शुक्रराज माझीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सिन्धुली, दुधौली नगरपालिका-१ टोड्केपानी जंगलस्थित सडकमा लु.८३ त ६८९० नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँस्थित गिचियानी बस्ने ७० वर्षीय ब्रमलाल धामीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १४ जनालाई नेपाल आमा मेमोरियल अस्पताल डकाहा हुँदै थप उपचारका लागि ३ जनालाई ट्रमा सेन्टर काठमाडौं र ९ जनालाई जिल्ला अस्पताल सिन्धुली पठाइएको छ । अन्य २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

चितवन, भरतपुर महानगरपालिका-१० स्थित सडकमा बा.१८ च १८७२ नम्बरको कारलाई ना.५ ख ८६६० नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा ना.६४ प ९६३० नम्बरको स्कुटरलाई शनिबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका करिब २३ वर्षीय पुरुषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ३ वटै सवारी साधन तथा ट्रक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, देवदह नगरपालिका-५ कचरापुलस्थित सडकमा हाल नम्बरको नखुलेको सवारी साधनले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका पदैलयात्री सोही ठाउँस्थित प्रगति बजार बस्ने ४८ वर्षीय रतन बहादुर परियारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : ५६ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको