कप्तान मल्लको अर्धशतकमा नेपालले ओमानलाई दियो २ सय ५० रनको लक्ष्य « Khabarhub

कप्तान मल्लको अर्धशतकमा नेपालले ओमानलाई दियो २ सय ५० रनको लक्ष्य


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पाहुना टोली ओमानलाई २५० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मेदानमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर २ सय ४९ रन बनायो ।

ओमानविरुद्ध नेपालको ओपनिङ ब्याटिङ औषत शुरुवात गर्दा नेपालले ब्याटिङमा राम्रो गर्न सफल भएको हो । ओपनर सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले १४.१ ओभरसम्म साझेदारी पारी खेल्दै ४८ रन बनाएका थिए । नेपालले ४९ रनमा १ विकेट गुमाउँदा मैदान प्रवेश गरेका पारस खड्का र ओपनर मल्लबीच पनि राम्रो साझेदारी बन्यो । जसमा उनीहरुले ५९ रनको साझेदारी पारी खेले ।

उक्त पारीमा खड्काले ६ चौका र १ छक्काको मद्दतमा ३८ रन बनाएका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय इनिङ्स खेले । उनले ६ चौका र १ छक्काको मद्दतमा ५६ रन बनाएका थिए । पारस आउट भएपछि मैदान छिरेका उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्यमा आउट हुँदा नेपाल केही दबाबमा देखिएको थियो ।

कप्तान मल्ल १ सय २८ रनमा आउट हुँदा क्रिजमा आएका कुशल मल्लले २ छक्का र २ चौकासहित २८ रन बनाएका थिए भने विनोद भण्डारीले ३५ रन बनाए । उनले ५ चौकाको मद्दतमा ३५ रन बनाएका थिए ।

यस्तै, करण केसीले १० रन बनाउँदा सन्दीप लामिछानेले १० रन र कमलले ९ रन बनाए । नेपालव्रिद्ध ओमानका आकिब आलिसले उत्कृष्ट बलिङ गर्दै ३६ रन खर्चेर ४ विकेट लिएका थिए भने महोम्मद नादीमले ३ विकेट लिएका थिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १ : २६ बजे

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता