ओमानसँग नेपाल दोस्रो पटक पनि पराजित « Khabarhub

ओमानसँग नेपाल दोस्रो पटक पनि पराजित



काठमाडौं – बलिङ चल्न नसकेपछि नेपालले ओमानसँग आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खलामा दोस्रो हार ब्यहोरेको छ ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

ओमानविरुद्ध नेपालले ४ जना स्पिनर र २ पेश बलर प्रयोग गरेपनि ओमानका अलराउण्डर अक्विब इल्यासले उत्कृष्ट अर्धशतकीय पारी खेल्दा नेपाल कमजोर सावित भयो ।

ओमानका लागि कप्तान जिसन मक्सुद र अक्विब इल्यासीले शतकिय साझेदारी इनिङ्स खेलेका थिए । उनीहरुले १सय ६६ रनको साझेदारी इनिङ्स खेले ।

१६६ रनको साझेदारी खेल्दा इल्यासीले १०६ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै १ सय ८ रन बनाएका थिए । काठमाडौंमा जारी शृङ्खलामा शतक प्रहार गर्ने इल्यासी एक्ला खेलाडी हुन् । यस्तै, ओमानका लागि जिसन मक्सुदले ७८ बलमा ८ चौकाको मद्दतमा ६८ रन बनाए । यस्तै, खबा अलिले ४१ रन र जतिन्द्र सिंहले २३ रन बनाएका थिए ।

ओमानविरुद्ध नेपालका कुशल मल्ल र सुशन भारीले समान एक–एक विकेट लिए । नेपालका युवा स्टार स्पिनर सन्दीप लामिछाने र पछिल्लो २ खेलमा लगातार ४–४ विकेट लिएका करण केसी ओमानविरुद्धको खेलमा विकेट विहीन रहे ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो । नेपालले २ सय ४९ रन बनाउन नेपालको ओपनिङ जोडिदेखि अन्तिमसम्म सबै जनाले औषत प्रदर्शन देखाएका थिए ।

ओपनर सुवास खकुररेल र कप्तान ज्ञानेन्द्र मल्लले १४.१ ओभरसम्म साझेदारी पारी खेल्दै ४८ रन बनाएको थियो । नेपालले ४९ रनमा १ विकेट गुमाउँदा मैलदान प्रवेश गरेका पारस खड्का र ओपनर मल्लबीच पनि राम्रो साझेदारी भएको थियो । जसमा उनीहरुले ५९ रनको साझेदारी इनिङ्स खेले ।

उक्त पारीमा खड्काले ६ चौका र १ छक्काको मद्दतमा ३८ रन बनाएका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय इनिङ्स खेले । उनले ६ चौका र १ छक्काको मद्दतमा ५६ रन बनाएका थिए । पारस आउट भएपछि मैदान छिरेका उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्यमा आउट हुँदा नेपाल केही दबाबमा देखिएको थियो ।

कप्तान मल्ल १सय२८ रनमा आउट हुँदा क्रिजमा आएका कुशल मल्लले २ छक्का र २ चौकासहित २८ रन बनाएका थिए भने विनोद भण्डारीले ३५ रन बनाए । उनले ५ चौकाको मद्दतमा ३५ रन बनाएका थिए ।

यस्तै, करण केसीले १० रन बनाउँदा सन्दीप लामिछानेले १० रन र कमलले ९ रन बनाए । नेपालव्रिद्ध ओमानका अक्विब इल्यासिले उत्कृष्ट बलिङ गर्दै ३६ रन खर्चेर ४ विकेट लिएका थिए भने मोहममद नादेमले ३ विकेट लिएका थिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ४ : ३१ बजे

रास्वपा महाधिवेशन : बन्दसत्र दिउँसो १ बजे सुरु हुने, तयारीबिना डाकिएको भन्दै प्रतिनिधि आक्रोशित

काठमाडौँ– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  आजको

नेता माधव नेपालसँग नाम मिल्दाको संयोग र सकस !

पुरानो उखान छ, ‘बरु बदनाम होस् तर, गुमनाम नहोस्।’ वास्तवमा

टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक

अल्जेरियाको सानदार पुनरागमन जित, जोर्डन २-१ ले पराजित

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमान्चक खेलमा