सरकारले नागरिकमाथि पक्षपात गर्‍यो : नेता पौडेल « Khabarhub

सरकारले नागरिकमाथि पक्षपात गर्‍यो : नेता पौडेल


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन् ।

चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरे ।

नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताए ।

यसले लोकतन्त्रलाई कमजोर बनाउने उनको भनाइ थियो । नेता पौडेलले भने, “लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो ।”

फरक प्रसङ्गमा उनले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताए ।

आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो । उनले भने, “पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति रहेको छ । त्यसको अन्त्य हुनुपर्छ ।” राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उनले सुशासन, पारदर्शीता र विकृतिरहित बनाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ४ : ४२ बजे

मेलुङ गाउँपालिका पुर्णखोप सुनिश्चितता पालिका घोषणा

दोलखा- जिल्लाको मेलुङ गाउँपालिकाले नियमित खोप सुनिश्चितता पालिका घोषणा गरेको

संसद् स्थगनप्रति कांग्रेसको कडा आपत्ति, सुकुम्वासीमाथि बल प्रयोग नगर्न आग्रह

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

एकै पटक धेरै पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान

काठमाडौं– जति टाढा उति देशको माया गाढा । यो उक्ति

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय