करणी अभियोगमा पुनः स्थापना केन्द्रका सुरक्ष गार्ड पक्राउ | Khabarhub Khabarhub

करणी अभियोगमा पुनः स्थापना केन्द्रका सुरक्ष गार्ड पक्राउ


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले करणी अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको बुढानिनिलकण्ठ–६ बिष्णुमतीमा रहेको हाम्रो फेलोसिप पुनः स्थापना केन्द्रका सुरक्षा गार्डलाई करणी अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

पुनस्थापना केन्द्रमा उपचारार्थ रहेकी महिलालाई करणी गरेको उनीमाथि आरोप छ । गोप्य सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरीले छानविनका लागि उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले उक्त पुनस्थापना केन्द्रमा सुरक्षागार्ड लगायत व्यवस्थापनको काम गर्दै आएका नुवाकोटको बेलकोटगढी–१२ घर भएका २५ वर्षीय बिशाल भनिने रमेश प्रसाद वाग्लेलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ०४ बजे

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने