चीनबाट ल्याइने नेपालीको स्वास्थ्य निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी खटाइने | Khabarhub Khabarhub

चीनबाट ल्याइने नेपालीको स्वास्थ्य निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी खटाइने


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य अवस्था निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य निगरानीका लागि ६० जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न लागिएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए ।

दाहालका अनुसार स्वदेश ल्याइने नेपालीलाई विमानस्थलबाट क्वारेन्टाइनमा राखिँदा ६० जना स्वास्थ्यकर्मीले स्वास्थ्य निगरानी गर्नेछन् ।

क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले भोलि (सोमबार) अभिमुखिकरण तालिम समेत दिने तयारी भएको सहप्रवक्ता दाहालले जानकारी दिए ।

‘हामीले क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीहरुको आइडेन्टिफाइ गर्‍यौं, स्वास्थ्य मन्त्रालयमातहतका १२ जनाको स्वास्थ्यकर्मीको टोली तयार भइसकेको छ, अन्य मातहतमा रहेका स्वास्थ्यर्मीसहित ६० जना स्वास्थ्यकर्मीहरु हुनुहुन्छ,’ सहप्रवक्ता दाहालले खबरहबसँग भने, ‘उहाँहरुको लागि भोलि क्वारेन्टाइनमा कसरी राखिने, स्वास्थ्यकर्मीले कसरी काम गर्ने भनेर अभिमुखिकरण तालिम दिने तयारी गरिसकेका छौं ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालका अनुसार मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मीको ६० जनाको टोली चीनबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य निगरानीमा खटिने छन् ।

सरकारले क्वारेन्टाइनमा आवश्यक पर्ने स्वास्थ्य तथा अन्य सामाग्री व्यवस्थापनको तयारी समेत गरीरहेको प्रवक्ता दाहालको भनाइ छ ।

बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्न निर्देशक दिएका थिए । प्रधानमन्त्री ओलीले ४ स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्न निर्देशन दिएपनि कुन स्थानमा चीनबाट ल्याइने नेपालीलाई राख्ने भनेर अझै निक्र्यौल नभएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहाल बताउँछन् ।

‘प्रधानमन्त्रीज्यूले ४ ठाउँमा निर्देशन दिनुभएको भएपनि कुन स्थानमा राख्ने भनेर सरकारले निर्णय गरिसकेको छैन,’ सहप्रवक्ता दाहालले भने, ‘सरकारले चीनमा रहेका नेपाली ल्याउन तयारीमा लागेको छ, कहिले ल्याउने भन्ने विषय नेपालमा राख्ने ठाउँको तयारी पूरा भएपनि सरकारले निर्णय गर्छ ।’

सरकारले निर्देशन दिएसँगै खरिपाटी स्थित विद्युत प्राधिकरणको तालिम केन्द्रका दुई भवनलाई खालि गरिएको छ ।

चीनमा कोरोना भाइरसको संक्रमणबाट ८ सय भन्दा बढीको ज्यान गइसकेको छ । यस्तै ३५ हजारभन्दा बढीमा कोरोनाको संक्रमण फैलिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसक्षेत्रमा रहेका नेपालीले आफूहरुलाई स्वदेश फर्काउन आग्रह गरिरहेका छन् ।
कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका १ सय ८० जना नेपालीले स्वदेश फर्काउन आग्रह गर्दै चीनस्थित नेपाली दूतावासमा निवेदन दिएको आज (आइतबार) एकसाता पूरा भएको छ ।

तर सरकारले भने अझैपनि उनीहरुलाई ल्याउने तयारी मात्र भइरहेको जनाएको छ ।

चीनमा कोठाभित्रै थुनिएका नेपालीहरुलाई उद्धार नगरेका भन्दै चीनमा रहेका नेपालीका आफन्तहरु यतिबेला काठमाडौमा विभिन्न मन्त्रालय धाइरहेका छन् । चीनमा रहेका नेपालीका आफन्तहरुले आफ्ना छोराछोरीको उद्धारमा सरकारले पहल नगरेको भन्दै सहयोगका लागि पहल गरिदिन आग्रह गर्दै आज(आइतबार) राष्ट्रिय मानव अधिकार आयोग पुगेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : २६ बजे

सभामुखले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन