‘पत्रकारको हकहितका लागि प्रदेश सरकार कटिबद्ध’ « Khabarhub

‘पत्रकारको हकहितका लागि प्रदेश सरकार कटिबद्ध’


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेशभित्रका विभिन्न सञ्चार संस्था र पत्रकारको हकहित, सुरक्षा एवं सेवासुविधा उपलब्ध गराउने विषयमा सरकार अहिले कटिबद्ध रहेको बताउनुभएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष स्व केशव भट्टराईको श्रद्धाञ्जलिसभा तथा मोफसलमा ‘चलचित्रको विकास विस्तारमा पत्रकार’को भूमिका विषयक आज आयोजित अन्तर्कियामा उनले पत्रकारकै लागि मन्त्रालयले पत्रकार कल्याणकारी कोष स्थापना गर्न प्रदेश सरकारको बैठकमा लैजाने तयारी गरिएको जानकारी दिए ।

मन्त्री जम्मकट्टेलले जेष्ठ सञ्चारकर्मी, गम्भीर प्रकतिका बिरामी र सुत्केरी महिला पत्रकारका लागि प्रदेश सरकारले तत्काल आर्थिक अनुदान उपलब्ध गराउने नीति रहेको बताए ।

उनले प्रदेशको स्थायी राजधानी हेटौँडामा मौजुदा पूर्व–पश्चिम राजमार्गको अवस्था साँघुरो भएको र यातायातको चाप बढ्दै जाँदा वैकल्पिक राजमार्गको विस्तार गरिनुपर्ने सोच सरकारले बनाएको र भविष्यमा वैकल्पिक राजमार्ग निर्माणका लागि प्रक्रिया थालनी भइसकेको स्पष्ट पारे ।

कार्यक्रममा बोर्डका सदस्य नरेन्द्र महर्जन, प्रदेश पत्रकार महासङ्घका अध्यक्ष प्रताप विष्ट, ब्रोडकाष्ट एशोशिएशन नेपाल (बान) का उपाध्यक्ष उज्वल चौलागाईं, चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतले सञ्चार संस्था र चलचित्रकर्मीले आपसी समझदारीका साथ व्यावसायिक क्षेत्रलाई मर्यादित र सर्वसाधारणको मन जित्ने प्रयास गरिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

यसैगरी आज सम्पन्न भएको चलचित्र पत्रकार सङ्घ मकवानपुरको चौथो अधिवेशले मणिराज गौतमको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल, कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा रवीन्द्र गौतम चयन हुनुभएको छ । सदस्यमा सन्नु रिजाल, दर्शन क्षेत्री, अमृता पराजुली र दीपकसिंह रुम्बा चयन हुनुभएको निर्वाचन कमिटीका संयोजक गिरिजा अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १० : ४७ बजे

मेलुङ गाउँपालिका पुर्णखोप सुनिश्चितता पालिका घोषणा

दोलखा- जिल्लाको मेलुङ गाउँपालिकाले नियमित खोप सुनिश्चितता पालिका घोषणा गरेको

संसद् स्थगनप्रति कांग्रेसको कडा आपत्ति, सुकुम्वासीमाथि बल प्रयोग नगर्न आग्रह

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

एकै पटक धेरै पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान

काठमाडौं– जति टाढा उति देशको माया गाढा । यो उक्ति

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय