‘पत्रकारको हकहितका लागि प्रदेश सरकार कटिबद्ध’ « Khabarhub

‘पत्रकारको हकहितका लागि प्रदेश सरकार कटिबद्ध’


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेशभित्रका विभिन्न सञ्चार संस्था र पत्रकारको हकहित, सुरक्षा एवं सेवासुविधा उपलब्ध गराउने विषयमा सरकार अहिले कटिबद्ध रहेको बताउनुभएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष स्व केशव भट्टराईको श्रद्धाञ्जलिसभा तथा मोफसलमा ‘चलचित्रको विकास विस्तारमा पत्रकार’को भूमिका विषयक आज आयोजित अन्तर्कियामा उनले पत्रकारकै लागि मन्त्रालयले पत्रकार कल्याणकारी कोष स्थापना गर्न प्रदेश सरकारको बैठकमा लैजाने तयारी गरिएको जानकारी दिए ।

मन्त्री जम्मकट्टेलले जेष्ठ सञ्चारकर्मी, गम्भीर प्रकतिका बिरामी र सुत्केरी महिला पत्रकारका लागि प्रदेश सरकारले तत्काल आर्थिक अनुदान उपलब्ध गराउने नीति रहेको बताए ।

उनले प्रदेशको स्थायी राजधानी हेटौँडामा मौजुदा पूर्व–पश्चिम राजमार्गको अवस्था साँघुरो भएको र यातायातको चाप बढ्दै जाँदा वैकल्पिक राजमार्गको विस्तार गरिनुपर्ने सोच सरकारले बनाएको र भविष्यमा वैकल्पिक राजमार्ग निर्माणका लागि प्रक्रिया थालनी भइसकेको स्पष्ट पारे ।

कार्यक्रममा बोर्डका सदस्य नरेन्द्र महर्जन, प्रदेश पत्रकार महासङ्घका अध्यक्ष प्रताप विष्ट, ब्रोडकाष्ट एशोशिएशन नेपाल (बान) का उपाध्यक्ष उज्वल चौलागाईं, चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतले सञ्चार संस्था र चलचित्रकर्मीले आपसी समझदारीका साथ व्यावसायिक क्षेत्रलाई मर्यादित र सर्वसाधारणको मन जित्ने प्रयास गरिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

यसैगरी आज सम्पन्न भएको चलचित्र पत्रकार सङ्घ मकवानपुरको चौथो अधिवेशले मणिराज गौतमको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल, कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा रवीन्द्र गौतम चयन हुनुभएको छ । सदस्यमा सन्नु रिजाल, दर्शन क्षेत्री, अमृता पराजुली र दीपकसिंह रुम्बा चयन हुनुभएको निर्वाचन कमिटीका संयोजक गिरिजा अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १० : ४७ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार