जनयुद्ध दिवसमा पलाता गाउँपालिकाले दियो सार्वजानिक बिदा  « Khabarhub

जनयुद्ध दिवसमा पलाता गाउँपालिकाले दियो सार्वजानिक बिदा 


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट – नेपालमा १२ वर्षसम्म चलेको सशस्त्र युद्ध शुरू भएको दिन फागुन १ गते कालिकोटको पलाता गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको बैठकले ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

दिवसको अवसरमा पलातामा सहिदको सम्झनामा निरा स्मृति कप खेलकुद प्रतियोगिता, खाडाको बस्ती हस्तान्तरण तथा पलातामा पहिलो पटक यातायात सेवाको सुरुवात गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए।

‘जनयुद्धका सहिदको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि निरा स्मृति कप सञ्चालन गर्दै आएको छ’, उनले भने, ‘उक्त दिन गाउँपालिकामा बिदा दिने निर्णय भएको छ।’

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ८ : ४२ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित