उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न प्रविधिमा जोड दिइने « Khabarhub

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न प्रविधिमा जोड दिइने


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले उपत्यकाका ट्राफिक व्यवस्थापनका लागि प्रविधिमा जोड दिनेभएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज पत्रकार सम्मेलन गरी उपत्यकामा बढ्दै गएको ट्राफिक चापलाई व्यवस्थापन गर्न ट्राफिक लाइट, अनलाइन, एफएमको क्षमता अभिवृद्धिमा जोड दिन लागेको जानकारी दिएको हो ।

सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले प्रविधिमैत्री ट्राफिक व्यवस्थापन अहिलेको आवश्यकता भएको बताए। ‘प्रविधिमार्फत ट्राफिक जनचेतना अभिवृद्धि कार्यलाई व्यापक बनाउँछौँ’, उनले भने ।

महाशाखाले सडक पूर्वाधार विकासका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै पैदलयात्रु दुर्घटना न्यूनीकरण गर्दै लैजाने बताएको छ ।

सवारीसाधन बिक्रेताले खरिदकर्तालाई सवारी नियम पालना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर मात्र बिक्री गर्ने व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख ढकालले तेस्रो चरणको युवा स्वयम्सेवक परिचालन कार्यक्रम व्यापक बनाउँदै लैजाने बताए।

विद्यालयमा ट्राफिक चिल्ड्रेन पार्क बनाउनका लागि पहल गर्ने उनको भनाइ थियो । उनले रुट अनुमति वितरण प्रणालीमा सुधार र व्यवस्थापनको लागि समन्वय र अध्ययन गर्नुका साथै ज्येष्ठ नागरीकलाई सार्वजनिक यातायातमा विशेष व्यवस्थाको लागि समन्वय एवं पहल गरिने उल्लेख गरे ।

महाशाखाले ट्राफिकमैत्री सडकका लागि ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजनालाई कार्यान्वयन गरी पूरा गरिनेसमेत बताएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ५५ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका