आयरल्याण्डबिरुद्धको टी – ट्वान्टी सिरिज अफगानिस्तानलाई « Khabarhub

आयरल्याण्डबिरुद्धको टी – ट्वान्टी सिरिज अफगानिस्तानलाई


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयरल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज अफगानिस्तानले एक खेल अगाबै जितेको छ ।

भारतको नोएडामा आइतबार भएको दोस्रो टी-ट्वान्टीमा २१ रनको जित निकाल्दै अफगानिस्तानले एक खेल अगाबै सिरिज २-० ले जितेको हो।

अफगानिस्तानले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका एन्डी बालब्रिनीले ४६ रन बनाए । ह्यारी टेक्टरए ३७ रन तथा केभिन ओ ब्रायनले १९ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । उसका अस्घर अफगानले ४९ रन जोड्दा रहमान उल्लाहले ३५ रन जोडे ।

जितसँगै तीन खेलको सिरिजमा अफगानिस्तानले २-० को अग्रता समेत बनाएको छ । तेस्रो  तथा अन्तिम टी – ट्वान्टी खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : १२ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण